काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ । कारोबारको अन्तिम समयमा बजार सम्हालिँदा नेप्से ४ दशमलव ७९ अंकले उकालो लागेको हो ।
बुधबारको वृद्धिसँगै नेप्से परिसूचक २ हजार ६६७ दशमलव ९७ विन्दुमा पुगेको छ । कारोबार भएका कम्पनीमध्ये १२० वटाको सेयर मूल्य बढेको छ भने १४५ कम्पनीको मूल्य घटेको छ । त्यस्तै, ११ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
यस दिन कुल ४ अर्ब ४० करोड ९५ लाख ९४ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । एक करोड ६६ हजार कित्ता सेयर ६१ हजार २५७ पटकको कारोबारमार्फत खरिदबिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

बुधबार सोलु हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । शिखर पावर, रिडी पावर, बुद्धभूमि नेपाल हाइड्रोपावर र सिनर्जी पावरलगायत कम्पनीका लगानीकर्ताले राम्रो आम्दानी गरेका छन् ।
यता, एभरेस्ट कलर लिमिटेडको सेयर मूल्य भने करिब ९ प्रतिशतले घटेको छ । समूहगत कारोबारतर्फ होटल तथा पर्यटन, जलविद्युत्, उत्पादन तथा प्रशोधन, अन्य र व्यापार समूहका सूचक बढेका छन् भने बाँकी समूहका सूचक ओरालो लागेका छन्
