Premier Cables
Premier Steel

राष्ट्रिय

देउवा दम्पती साउन २९ मा स्वदेश फर्किने

Hamro Biratnagar News Channel Calendar शुक्रबार, साउन ०१, २०८३  | राती ८:१३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौँ ।‌नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी डा. आरजु राणा आगामी साउन २९ गते स्वदेश फर्किने भएका छन् ।

‘जेनजी आन्दोलन’का क्रममा भएको आक्रमणमा घाइते भई उनीहरू विगत केही महिनादेखि हङकङ छन् ।

बिज्ञापन

​पारिवारिक एवं देउवानिकट स्रोतका अनुसार स्वास्थ्य अवस्थामा क्रमिक सुधार आएपछि उनीहरूले स्वदेश फिर्तीको तयारी गरेका हुन् ।

​”उहाँहरूको स्वास्थ्य अवस्था अहिले सामान्य भइरहेको सूचना प्राप्त भएको छ,” देउवानिकट स्रोतले भन्यो, “बीचमा कुनै थप अड्चन उत्पन्न नभएमा आगामी अगस्ट १४ मा नेपाल फर्किने तय भइसकेको छ ।”

​गत भदौ २४ गते जेनजी आन्दोलनको दोस्रो दिन बूढानीलकण्ठस्थित निजी निवासमा देउवा दम्पतीमाथि सांघातिक आक्रमण भएको थियो ।

उक्त आक्रमणमा गम्भीर घाइते भएका देउवा र पूर्वमन्त्री समेत रहेकी राणा उपचारका लागि गत कात्तिक १० गते सिंगापुर प्रस्थान गरेका थिए ।

​देउवा दम्पती विदेशमै रहेको समयमा यता सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले भने उनीहरूमाथिको अनुसन्धान प्रक्रियालाई तीव्र पारेको छ । विभागले पूर्वप्रधानमन्त्री देउवालाई बयानका लागि उपस्थित हुन भन्दै बूढानीलकण्ठस्थित खण्डहर निवासमा सात दिने म्याद टाँसेको छ ।

​यस्तै, विभागले देउवाका छोरा जयवीर सिंह देउवालाई पनि सात दिनभित्र उपस्थित हुन भन्दै सार्वजनिक सूचना जारी गरेको छ । जयवीर हाल आफ्नी श्रीमतीसहित बेलायतमा रहँदै आएका छन् ।

​सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा ४१ अनुसार सम्पर्कविहीन भएका व्यक्तिको हकमा विभागले बढीमा ३० दिनसम्मको म्याद दिई सूचना जारी गर्न पाउने कानुनी व्यवस्था छ ।

विभागका अनुसार उक्त म्यादभित्र पनि बयानका लागि उपस्थित नभए उपलब्ध तथ्य र प्रमाणका आधारमा फरार प्रतिवादी कायम गरी मुद्दा दर्ता प्रक्रिया अगाडि बढाइनेछ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa