Premier Cables
Premier Steel

राजनीति

देउवाले भने-पार्टी विभाजन नहोस् भन्ने चाहना छ

नोट: यो समाचार ५ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, पुष १८, २०८२  | अपराह्न १२:२३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । नेपाली कांग्रेसमा निर्वाचनअघि नै महाधिवेशन गर्नुपर्ने माग गर्दै लबिङ गरिरहेको संस्थापन पक्षीय २५ केन्द्रीय सदस्यहरूको समूहले सभापति शेरबहादुर देउवासँग भेट गरी पार्टीभित्र देखिएको विवाद समाधानका लागि ध्यानाकर्षण गराएको छ।

भेटका क्रममा सभापति देउवाले पार्टी विभाजन नहोस् भन्ने आफ्नो चाहना रहेको बताएका छन्।

बिज्ञापन

केन्द्रीय कार्यसमिति सञ्चालन भइरहँदा नियमित महाधिवेशन निर्वाचनअगावै हुनुपर्ने भन्दै दबाब दिँदै आएको उक्त समूह शुक्रबार बिहान महाराजगञ्जस्थित सभापति देउवाको निवास पुगेको थियो।

समूहकी केन्द्रीय सदस्य डा. डिला संग्रौलाका अनुसार भेटमा पछिल्लो समय पार्टीभित्र चुलिएको विवाद र त्यसको समाधानका विषयमा छलफल भएको थियो। उनले समूहले शुक्रबार नै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग पनि संवाद गर्ने जानकारी दिइन्।

उनका अनुसार यसअघि पनि निर्वाचनपछि महाधिवेशन गर्ने र निर्वाचनअघि विशेष महाधिवेशन गर्ने विषयमा देखिएका मतभेद मिलाउन आफूहरूले भूमिका खेलेको स्मरण गराउँदै अहिले पनि सहमतिको प्रयास जारी रहेको बताइन्।

सभापति देउवासँगको भेटमा पार्टीलाई निकास दिनु पर्ने र विभाजनतर्फ जान नदिन आग्रह गरिएको संग्रौलाले बताइन्। उनका अनुसार सभापति देउवाले पनि पार्टी एकतामा जोड दिँदै सबै मिलेर अघि बढ्नुपर्ने धारणा राखेका थिए।

यसैबीच, १६ पुसका लागि तय भएको वडा अधिवेशन प्रभावित भएपछि महामन्त्रीद्वय थापा र शर्माले बिहीबार विज्ञप्ति जारी गर्दै नियमित महाधिवेशन स्थगनको घोषणा गरेका छन्। उनीहरूले केही दिनभित्रै २७ पुसका लागि विशेष महाधिवेशन घोषणा गर्ने तयारीसमेत गरिरहेका छन्।

विशेष महाधिवेशनका पक्षधर समूहले भृकुटीमण्डप बुक गरिसकेको बताइएको छ। नियमित महाधिवेशन स्थगनपछि कांग्रेसले शुक्रबार दिउँसो ३ बजे केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka