Premier Cables
Premier Steel

राजनीति

नागरिक अगुवाहरूको सुझाव: नेता अब बिदा होऔं

नोट: यो समाचार ४ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, असोज २२, २०८२  | राती ८:४८ बजे
Hamro Biratnagar Headlines

काठमाडौँ। देशका अग्रज नागरिक अगुवाहरूले लामो समयदेखि सत्तामा रहेका प्रमुख राजनीतिक नेताहरू केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र शेरबहादुर देउवालाई सक्रिय राजनीतिबाट सन्यास लिन स्पष्ट सन्देश दिएका छन्।

३० जना नागरिक अगुवाहरूले संयुक्त विज्ञप्ति जारी गर्दै, तीनै जना नेताहरूले अब नेतृत्व हस्तान्तरण गरी राजनीतिक जिम्मेवारीबाट अवकाश लिनुपर्ने बताएका छन्। विज्ञप्तिमा भनिएको छ, “यो केवल कुनै एक दलको भविष्यको प्रश्न मात्र होइन, लोकतन्त्र, दलीय प्रणालीको मजबुती र जनताप्रति उत्तरदायित्व सुनिश्चित गर्न अवकाश आवश्यक छ।”

अगुवाहरूले जेन-जीको आन्दोलनपछि बनेको अन्तरिम सरकारले फागुन २१ गते घोषणा गरेको प्रतिनिधिसभा निर्वाचन तोकिएको मितिमै गर्न सरकारलाई आग्रह गरेका छन्। उनीहरूले संविधानसभाबाट निर्माण भएको संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको संरक्षणका लागि समयमै चुनाव गर्नु राष्ट्रिय दायित्व भएको उल्लेख गरेका छन्।

“निर्वाचनका लागि अनुकूल र विश्वासिलो वातावरण बनाउनु सरकारको प्राथमिक जिम्मेवारी हो,” अपिलमा भनिएको छ, “त्यसका लागि राजनीतिक दलहरू र आन्दोलनरत जेन–जी समूहसँग संवाद गरी सबैलाई विश्वासमा लिएर निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न हामी सरकारलाई हार्दिक अनुरोध गर्दछौँ।”

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka