Premier Cables
Premier Steel

विराटनगर

विराटनगरमा किन झ्याप्प झ्याप्प गइरहन्छ बिजुली? यस्तो छ प्राधिकरणको जवाफ

Hamro Biratnagar News Channel Calendar आइतबार, असार २८, २०८३  | अपराह्न १:०७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । पछिल्लो समय विराटनगर र आसपासका क्षेत्रमा अत्यधिक रूपमा बिजुली जाने (ट्रिपिङ हुने) र लो भोल्टेजको समस्याले उपभोक्ता आजित भएका छन्। गर्मी मौसमसँगै सर्वसाधारणले ‘झ्याप्प झ्याप्प’ बिजुली काटिने समस्या खेपिरहेका बेला नेपाल विद्युत प्राधिकरण विराटनगरले भने यसको मुख्य कारण प्रणालीमा थपिएको ओभरलोड र प्राविधिक मर्मतसम्भार भएको जनाएको छ।

प्राधिकरणका अनुसार विराटनगरमा उपभोक्ताको संख्या तीव्र रूपमा थपिँदा र एसी, फ्रिज जस्ता धेरै विद्युत खपत गर्ने उपकरणको प्रयोग बढ्दा सबस्टेशन र फिडरहरूमा अत्यधिक लोड (ओभरलोड) हुन थालेको छ। यही लोड धान्न नसक्दा प्रणालीमा प्राविधिक गढबढी आउने र उपकरणहरूमा क्षति पुग्ने गरेको छ।

बिज्ञापन

हालै असार २७ गते मात्रै टंकी सबस्टेशनमा रहेको पावर ट्रान्सफर्मरको बुसमा आगो बलेपछि विद्युत आपूर्ति अवरुद्ध हुन पुगेको थियो। उक्त बुश कनेक्टर बदली गर्नका लागि ११ केभी मेनरोड, झोराहाट, बरगाछी र जामुनगाछी फिडरहरू दिउँसो ३:१० बजेदेखि ४:१५ बजेसम्म पूर्ण रूपमा बन्द गर्नुपरेको प्राधिकरणले जनाएको छ। ओभरलोडकै कारण यस्ता प्राविधिक समस्याहरू बारम्बार दोहोरिने गरेका छन्।

टंकी सबस्टेशन अन्तर्गतको ३३ केभी विराटनगर-३ फिडरमा अत्यधिक लोड भएपछि प्राधिकरणले प्राविधिक व्यवस्थापन (लोड सन्तुलन) को काम समेत सुरु गरेको छ। जसअनुसार सबस्टेशनमा जडित २४ एमभीए क्षमताको पावर ट्रान्सफर्मर नम्बर १ लाई विराटनगर-२ फिडरबाट र ट्रान्सफर्मर नम्बर २ लाई विराटनगर-३ फिडरबाट सञ्चालन गरी लोड व्यवस्थापन गरिएको छ। यो व्यवस्थापनले केही हदसम्म लोड सन्तुलित र आपूर्ति भरपर्दो बनाएको प्राधिकरणको दाबी छ।

तर, यो तत्कालीन समाधान मात्र भएको र विराटनगरको बढ्दो विद्युत मागलाई दीर्घकालीन रूपमा सम्बोधन गर्न नयाँ सबस्टेशन निर्माण गर्नुपर्ने आवश्यकता रहेको प्राधिकरणको भनाइ छ। माग अनुसारको नयाँ पूर्वाधार र सबस्टेशन नबन्दासम्म उपभोक्ताले ट्रिपिङ र भोल्टेजको उतारचढाव पूर्ण रूपमा झेल्नुपर्ने बाध्यता अझै केही समय कायमै रहने देखिन्छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa