Premier Cables
Premier Steel

अर्थ

एक अर्ब १८ करोड रुपैयाँको छुर्पी निर्यात, अमेरिका र युराेपेली देशमा गयो ५७ हजार केजी

Hamro Biratnagar News Channel Calendar आइतबार, असार २८, २०८३  | अपराह्न १२:५८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

वीरगन्ज । नेपालबाट चालु आर्थिक वर्षको पहिलो ११ महिनामा वीरगन्ज भन्सार नाका हुँदै १ अर्ब १८ करोड रुपैयाँ बराबरको छुर्पी निर्यात भएको छ।

भन्सार कार्यालयको तथ्यांक अनुसार यस अवधिमा कुल ६ लाख ४४ हजार ३ सय ८६ किलोग्राम छुर्पी बाहिरिएको हो, जुन गत वर्षको सोही अवधिको तुलनामा निकै ठुलो वृद्धि हो।

बिज्ञापन

गत वर्षको ११ महिनाको तुलनामा यस वर्ष छुर्पीको निर्यात मूल्य करिब १४ करोड रुपैयाँले बढेको छ भने निर्यातको परिमाणमा पनि करिब ५७ हजार किलोग्रामको वृद्धि भएको छ।

अमेरिका, क्यानडा, अस्ट्रेलिया र विभिन्न युरोपेली मुलुकहरूमा नेपाली छुर्पीलाई कुकुर र बिरालोका लागि प्राकृतिक आहारका रूपमा व्यापक रूपमा प्रयोग गर्न थालिएपछि यसको निर्यातमा उल्लेख्य सुधार आएको हो।

केमिकलमुक्त र पोसिलो हुने भएकाले विदेशी उपभोक्ताहरूमाझ रैथाने नेपाली छुर्पी पहिलो रोजाइमा पर्दै आएको छ।

नेपालमा निर्यात हुने अधिकांश छुर्पी मुख्यतया इलाम, ताप्लेजुङ, संखुवासभा र धनकुटा लगायतका पूर्वी पहाडी जिल्लाहरूमा उत्पादन हुने गर्दछ। अन्तर्राष्ट्रिय बजारमा यो उत्पादन कुकुर वा बिरालोको खानाको वर्गीकरण अन्तर्गत निर्यात हुने गरेको छ।

यो विधामा समेटिएकै कारण छुर्पी निर्यातमा निर्यात भन्सार महशुल पूर्ण रूपमा छुट दिइएकाले नेपाली उत्पादनलाई विश्व बजारमा प्रतिस्पर्धा गर्न थप सहज भएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa