काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) कक्षा १० को पूरक (ग्रेडवृद्धि) परीक्षाको नतिजा सार्वजनिक गरेको छ।
बोर्डका अनुसार असार १ देखि ९ गतेसम्म सञ्चालन भएको परीक्षामा आवेदन दिन योग्य एक लाख ४६ हजार ५०७ परीक्षार्थीमध्ये एक लाख २९ हजार ११४ जना सहभागी भएका थिए।
विज्ञापन
सहभागीमध्ये ८३ हजार ५२३ जना अर्थात् ६४.६८ प्रतिशत परीक्षार्थी वर्गीकृत भएका बोर्डले जनाएको छ।
बोर्डले नतिजाप्रति चित्त नबुझेका परीक्षार्थीका लागि पुनर्योग, उत्तरपुस्तिका अवलोकन तथा पुनः परीक्षणको व्यवस्था गरिएको जनाएको छ। पुनर्योगका लागि परीक्षार्थीले अनलाइनमार्फत आवेदन दिन सक्नेछन्। यसका लागि असार २५ गतेदेखि ३१ गतेसम्म आवेदन दिन सकिने बोर्डले जानकारी दिएको छ।