शान्तिपूर्ण सम्पन्न भयो राजावादीको आन्दोलन, निरन्तरता दिने घोषणा
नोट: यो समाचार १ महिना अघिको हो
बिहिबार, जेठ १५, २०८२ |
साँझ ५:३८ बजे
काठमाडौं । राजतन्त्र फर्काउने भन्दै राप्रपासहित विभिन्न समूहले काठमाडौंमा गरेको प्रदर्शन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । प्रदर्शनमा राप्रपासहितका विभिन्न समूह सहभागी भएका छन् ।
यसअघि चैत १५ मा भएको आन्दोलनमा रवीन्द्र मिश्र, धवलशमशेर राणा र विक्रम पाण्डेसहितका केही नेता मात्र सहभागी थिए । बिहीबार भने राप्रपाका शीर्ष नेता पनि सहभागी भएका छन् ।
बिज्ञापन
संयुक्त जनआन्दोलन परिचालन समितिको नेतृत्वमा भएको आन्दोलनमा सात ठाउँबाट र्याली निकालिएको थियो । त्यसमध्ये तीन ठाउँको नेतृत्व भने राप्रपाका नेताहरूले गरेका थिए ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले मैतीदेवीबाट आन्दोलनको नेतृत्व गरेका थिए । पशुपति शमशेरले सिफलबाट र डा. प्रकाशचन्द्र लोहनीले सोह्रखुट्टेबाट आन्दोलनको नेतृत्व गरेका थिए ।