Premier Cables

राजनीति

राप्रपाका सांसदहरूले बहिष्कार गरेको संसद् बैठकको भत्ता नलिने

Calendar सोमबार, असार ०२, २०८२  | अपराह्न १२:४८ बजे

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरूले बहिष्कार गरेको संसद् बैठकको भत्ता नलिने भएका छन् ।

राप्रपाको संसदीय दलको बैठकले हिजो (असार १ गते)को बैठकमा सहभागी भएबापत प्राप्त हुने भत्ता नलिने निर्णय गरेको पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले जानकारी दिएका छन् ।

बिज्ञापन

राप्रपाले संघीय संसद् सचिवालयलाई पत्र लेखेर असार १ गतेको बैठक भत्ता उपलब्ध नगराउन आग्रह गरेको छ ।

भिजिट भिसा प्रकरणलाई लिएर संसद् अवरुद्ध हुँदा पनि सभामुखले संसद् बैठक चलाएपछि राप्रपाले बैठक नै बहिष्कार गरेको थियो ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
Hamrobiratnagar Ads
Aarya Hospital
Vianet
DPS
Web Surfer
स्टोरिजमा समाचार
Eastern College

विराटनगर

ACS
हेर्नै पर्ने भिडियो