Premier Cables
Premier Steel

खेलकुद

मेस्सीको विश्वकप रेकर्ड, व्यक्तिगत १९ गोल दर्ता

नोट: यो समाचार १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, असार १४, २०८३  | बिहान ११:२० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । समूह चरणका तीनै खेल जित्दै अर्जेन्टिनाले विश्वकपमा आफ्नो अपराजित यात्रा कायम राखेको छ। समूह ‘जी’ अन्तर्गत अन्तिम खेलमा अर्जेन्टिनाले जोर्डनलाई ३–१ ले पराजित गर्दै समूह विजेताको रूपमा अन्तिम १६ मा स्थान सुरक्षित गरेको हो।

अर्जेन्टिनाको जितमा गिभानको लुसेल्कोले पहिलो गोल गरे। त्यसपछि लाउटारो मार्टिनेजले पेनाल्टीमार्फत दोस्रो गोल थपे भने कप्तान लियोनल मेस्सीले तेस्रो गोल गर्दै टोलीको जित सुनिश्चित गरे। यससँगै विश्वकपमा मेस्सीको कुल गोल संख्या १९ पुगेको छ। उनले यसअघि आफ्नो विश्वकप करियरको पहिलो ह्याट्रिक पनि पूरा गरिसकेका छन्।

बिज्ञापन

पहिलो हाफमा बेन्चमा रहेका मेस्सी दोस्रो हाफमा मैदान प्रवेश गरेका थिए। जोर्डनका मौसा अल तामारीले एक गोल फर्काए पनि टोलीलाई हारबाट जोगाउन सकेनन्।

यसअघि अर्जेन्टिनाले समूह चरणमा अल्जेरियालाई ३–० तथा अष्ट्रियालाई २–० ले पराजित गरेको थियो। तीनै खेलमा जित निकाल्दै अर्जेन्टिनाले ९ अंकसहित समूह ‘जी’ को शीर्ष स्थान हासिल गर्‍यो।

यता, समूहको अर्को खेलमा अष्ट्रिया र अल्जेरियाले ३–३ को रोमाञ्चक बराबरी खेले। अष्ट्रियाले यसअघि जोर्डनलाई ३–१ ले हराएको थियो भने अर्जेन्टिनासँग २–० ले पराजित भएको थियो। चार अंकसहित अष्ट्रिया समूह उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गर्न सफल भयो।

अल्जेरियाले जोर्डनलाई २–१ ले पराजित गरे पनि अर्जेन्टिनासँग ३–० ले हार बेहोरेको थियो। अष्ट्रियासँग बराबरी खेलेको अल्जेरिया समान चार अंकमा रहे पनि गोलअन्तरका आधारमा तेस्रो स्थानमा सीमित रह्यो।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka