काठमाडौं । कोलम्बिया फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को विजेता बनेको छ।
आइतबार बिहान मियामी स्टेडियममा सम्पन्न खेलमा पोर्चुगलसँग गोलरहित बराबरी खेलेपछि कोलम्बियाले समूहको शीर्ष स्थान सुरक्षित गरेको हो।
खेलभर कोलम्बियाले ५० प्रतिशतभन्दा बढी बल पोजिसन आफ्नो पक्षमा राखे पनि गोल गर्न सकेन। दोस्रो हाफको इन्जुरी समयमा उसले गरेको गोल अफसाइड ठहरिएपछि मान्यता पाएन।
तीन खेलबाट ७ अंक जोडेको कोलम्बिया समूह विजेता बन्यो। ५ अंकसहित पोर्चुगल उपविजेतामा सीमित रहँदा डीआर कंगोले ४ अंकसहित तेस्रो स्थान हासिल गर्यो। उज्वेकिस्तान भने तीनै खेलमा पराजित हुँदै अंकविहीन रह्यो।
यस समूहबाट कोलम्बिया, पोर्चुगल र डीआर कंगो नकआउट चरणमा प्रवेश गरेका छन्।
नकआउट चरणमा कोलम्बियाले घानाको सामना गर्नेछ भने पोर्चुगलले क्रोएसियासँग प्रतिस्पर्धा गर्नेछ। डीआर कंगोको प्रतिद्वन्द्वी भने अझै तय हुन बाँकी छ।


