Premier Cables
Premier Steel

राजनीति

रास्वपाद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी र गैरदलीय राष्ट्रिय सभाको प्रस्ताव

Hamro Biratnagar News Channel Calendar बुधबार, असार १०, २०८३  | बिहान ७:१४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राष्ट्रिय सभालाई गैरदलीय विशेषज्ञहरूको सभा बनाउने र त्यसको अध्यक्ष उपराष्ट्रपति रहने व्यवस्था गर्नुपर्ने प्रस्ताव अघि सारेको छ।

चितवनको भरतपुरमा जारी महाधिवेशनको बन्दसत्रमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै पार्टी सभापति रवि लामिछानेले रास्वपा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीको पक्षमा रहेको बताएका छन्।

बिज्ञापन

प्रतिवेदनमा रास्वपाले स्थिर नेतृत्व र स्पष्ट जिम्मेवारी सुनिश्चित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी आवश्यक रहेको उल्लेख गरेको छ। संविधान संशोधनलाई कुनै दलको एजेन्डा नभई राष्ट्रको साझा विषयका रूपमा व्याख्या गर्दै लामिछानेले यसलाई दीर्घकालीन आवश्यकता, जनताको अनुभव र लोकतान्त्रिक अभ्यासका आधारमा अघि बढाउनुपर्ने बताएका छन्।

उनले संविधानका उपलब्धि, कमजोरी र आवश्यक सुधारबारे खुला, इमानदार तथा जिम्मेवार बहस हुनुपर्नेमा जोड दिएका छन्। सुशासन, स्थायित्व, प्रतिनिधित्व र नागरिक हितलाई संविधान संशोधनको मुख्य आधार बनाउनुपर्ने र व्यापक राष्ट्रिय संवाद, विज्ञहरूको सुझाव, नागरिक सहभागिता तथा सम्भव भएसम्म सर्वदलीय सहमति आवश्यक रहेको उनको भनाइ छ।

महाधिवेशनमा प्रस्तुत प्रतिवेदनमार्फत लामिछानेले रास्वपाको वैचारिक दृष्टिकोण पनि स्पष्ट पार्ने प्रयास गरेका छन्। उनका अनुसार रास्वपा परम्परागत वामपन्थी वा दक्षिणपन्थी ध्रुवीकरणमा सीमित छैन, बरु व्यावहारिक, सन्तुलित र यथार्थपरक दृष्टिकोणलाई प्राथमिकता दिन्छ।

उनले निजी क्षेत्रको प्रवर्द्धन, लगानीमैत्री वातावरण र प्रतिस्पर्धालाई समर्थन गर्ने तथा आधारभूत स्वास्थ्य सेवा, शिक्षा, श्रमिक अधिकार, न्यूनतम ज्याला र सामाजिक सुरक्षालाई पनि समान महत्व दिने नीति रास्वपाले अवलम्बन गरेको बताए। रास्वपाले राज्य, समाज र अर्थतन्त्रलाई कुनै एकल वैचारिक ढाँचाभन्दा मिश्रित, सन्तुलित र परिस्थितिअनुकूल दृष्टिकोणबाट अघि बढाउनुपर्ने धारणा राखेको प्रतिवेदनमा उल्लेख छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa