Premier Cables

राष्ट्रिय

दमकमा रास्वपाको हस्ताक्षर अभियानको माइक प्रहरीले भांचिदियो

Calendar आइतबार, असार २९, २०८२  | अपराह्न १:३५ बजे

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी सभापति रवि लामिछानेमाथि प्रतिशोध साँधिएको भन्दै त्यसविरुद्ध थालेको हस्ताक्षर अभियानमा झापामा प्रहरीले  हस्तक्षेप गरेको छ‌।‌

देशभरबाट जनमत संकलन अभियान चलाई रहेको छ ।‌
प्रधानमन्त्री केपी ओली अहिले गृहजिल्लामा छन् ।‌प्रधामन्त्रीको गृहनगर दमकमा रास्वपाको कार्यक्रम स्थलबाट प्रहरीले माइक खोसेर लगेको छ । ओली गृह नगर रहुन्जेल कार्यक्रम नगर्ने भनेको बताइएको छ ।

बिज्ञापन

पार्टी सभापति लामिछानेमाथि प्रतिशोध साँधिएको भन्दै रास्वपाले त्यसविरुद्ध देशव्यापी हस्ताक्षर अभियान थालेको  थियो । झापामा २९ हजार हस्ताक्षर सङ्कलन गरिने रास्वप झापाले जनाएको छ । माइक भांचिदिएको रास्वपाले जनाएको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
Eastern College
aarya
Vianet
DPS
Web Surfer
ACS
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027