Premier Cables

समाचार

कोशीका पूर्वमन्त्री चढ्ने गाडीको ठक्करबाट मोरङमा एक जनाको मृत्यु

नोट: यो समाचार १० महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, कार्तिक २७, २०८२  | साँझ ५:१६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । कोशी पूर्वमन्त्री तथा माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो प्रयोग गर्दै आएको सरकारी गाडीको ठक्करबाट बिहीबार मोरङमा एक जनाको मृत्यु भएको छ। तर ठक्कर दिँदा आङ्बो भने गाडीमा सवार थिएनन् ।

कोशी प्रदेश सभाको को १ झ ६५० नम्बरको स्कोर्पियो गाडीले ग्रामगान गाउँपालिका–५ का करिब ३५ वर्षीय प्रवेश चौधरीलाई ठक्कर दिएको हो। उक्त दुर्घटनामा चौधरीको ज्यान गएको मोरङका प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले जानकारी दिइन्।

विज्ञापन

विराटनगरबाट विराटचोकतर्फ जाँदै गरेको गाडीले बाटो काट्दै गरेको को ९ प ७९ नम्बरको मोटरसाइकललाई ग्रामथान–५ ककडमाडीमा दिउँसो १२:१५ बजे ठक्कर दिएको प्रहरीले बताएको छ।

स्थानीयका अनुसार तीव्र गतिमा रहेको गाडीको ठक्करबाट मोटरसाइकल चालक चौधरी गम्भीर घाइते भएका थिए। उनलाई उद्धार गरी विराटनगरस्थित विराट नर्सिङ होम लगिएको थियो, तर उपचारका क्रममा दिउँसो ३:१५ बजे चिकित्सकले मृत घोषणा गरेका हुन्।

दुर्घटनाको समयमा गाडी उच्च गतिमा रहेको स्थानीयले बताएका छन्। ठक्कर दिने गाडीका चालक पाँचथर फाल्गुनन्द गाउँपालिका–१ का करिब ४० वर्षीय गम्भीरमान सार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाको थप अनुसन्धान इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर राजीव गिरीको टोलीले गरिरहेको छ।

दुर्घटनामा पररी निधन भएका चौधरीप्रति श्रद्धाञ्जली दिंदै पूर्वमन्त्री आङ्बोले दुर्घटनाको कानुनी प्रकृयालाई सहयोग गर्ने र क्षतिपूर्ति उपलब्ध गराउने कुरामा साथसहयोग रहने जनाएका छन् ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka