Premier Cables
Premier Steel

अर्थ

सुन्दरहरैंचाबाट राष्ट्रिय उद्योगको यात्राः पूर्वाञ्चल ल्युब आयल लिमिटेड आईपिओ तयारीमा

Hamro Biratnagar News Channel Calendar मंगलबार, असार ०९, २०८३  | साँझ ५:१० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

सुन्दरहरैंचा । सुन्दरहरैंचाको माटोबाट स्थापित पूर्वाञ्चल ल्युब आयल लिमिटेड (PLO) प्रारम्भिक सार्वजनिक निष्कासन (आईपिओ) को तयारीमा जुटेसँगै स्थानीय उद्योग विकासको एक उल्लेखनीय उदाहरणका रूपमा उभिएको छ।

कम्पनीका अध्यक्ष भोलेश्वर दुलालको नेतृत्वमा सञ्चालन भइरहेको पिएलओ ले हाल १५० भन्दा बढी परिवारलाई प्रत्यक्ष रोजगारी प्रदान गरेको जनाएको छ। स्वदेशी लगानी र उत्पादनलाई प्राथमिकता दिँदै अघि बढेको कम्पनीले ल्युब आयल उत्पादनमार्फत औद्योगिक क्षेत्रमा आफ्नो उपस्थिति विस्तार गरिरहेको छ।

बिज्ञापन

समूहले ल्युब आयल उद्योगसँगै हाइड्रोपावर, नेपालिरिका होटल, CEAT टायर्स, Astra Developers, JSR रेडिमिक्स तथा Bright Future School लगायत विभिन्न क्षेत्रमा लगानी विस्तार गरेको छ। समूहका अनुसार यी परियोजनामार्फत सुन्दरहरैंचा क्षेत्रमा १,००० भन्दा बढी व्यक्तिले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा रोजगारी पाएका छन्।

स्थानीय स्तरबाट सुरु भएको उद्योगले राष्ट्रिय स्तरमा पहिचान बनाउँदै गएको भन्दै उद्योग क्षेत्रका सरोकारवालाले यसलाई स्वदेशी उद्यमशीलताको सफल उदाहरणका रूपमा हेरेका छन्। IPO मार्फत सर्वसाधारणलाई समेत स्वामित्वमा सहभागी गराउने तयारीले कम्पनीको आगामी विस्तार योजनालाई थप गति दिने अपेक्षा गरिएको छ।

“स्वदेशी लगानी, स्वदेशी उत्पादन र स्वदेशी सपना” भन्ने अवधारणालाई आत्मसात् गर्दै अघि बढेको समूहले स्थानीय आर्थिक विकास, रोजगारी सिर्जना तथा औद्योगिक विस्तारमा महत्वपूर्ण योगदान पुर्‍याइरहेको जनाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa