Premier Cables

समाचार

कक्षा १२ को नतिजा प्रकाशित

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, असार ०५, २०८३  | बिहान ११:३७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको कक्षा १२ को नतिजाअनुसार नियमिततर्फ ६९.७५ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन्।

बोर्डका अनुसार नियमिततर्फ ३ लाख ३२ हजार २४१ विद्यार्थी परीक्षामा सहभागी भएका थिए। तीमध्ये २ लाख ३१ हजार ७७० जना ग्रेडेड भएका छन् भने १ लाख ४७१ जना ननग्रेडेड रहेका छन्।

विज्ञापन

जीपीएअनुसार ३.६१ देखि ४.०० सम्म ल्याउने विद्यार्थीको संख्या १७ हजार ७८६ रहेको छ। त्यस्तै, ३.२१ देखि ३.६० जीपीए ल्याउने ६४ हजार ८२१, २.८१ देखि ३.२० जीपीए ल्याउने ९४ हजार २४९ र २.४१ देखि २.८० जीपीए ल्याउने ५० हजार ५९७ विद्यार्थी ग्रेडेड भएका छन्। २.०१ देखि २.४० जीपीए ल्याउने ४ हजार ३०८ र १.६१ देखि २.०० जीपीए ल्याउने ९ जना विद्यार्थी रहेका छन्।

आंशिकतर्फ ८५ हजार ९२९ विद्यार्थी परीक्षामा सहभागी भएकामा ३६ हजार ४२० जना ग्रेडेड भएका छन्। यसतर्फ ग्रेडेड प्रतिशत ४२.३८ रहेको बोर्डले जनाएको छ।

नियमित र आंशिक गरी कुल ४ लाख १८ हजार १७० विद्यार्थी परीक्षामा सहभागी भएका थिए। दुवै समूह जोड्दा कुल ग्रेडेड प्रतिशत ६४.१३ रहेको छ।

यसैबीच, नियमिततर्फ ३० जना र आंशिकतर्फ १० जना गरी ४० जना विद्यार्थीको परीक्षा रद्द गरिएको बोर्डले जनाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka