Premier Cables
Premier Steel

कोशी प्रदेश

कोशीका ६ जिल्लामा भएन आगजनी र तोडफोड, धर्ना बसेर ज्ञापन पत्र बुझाए

नोट: यो समाचार १ महिना अघिको हो

Calendar शुक्रबार, भाद्र २७, २०८२  | साँझ ५:१३ बजे

विराटनगर । जेनजी आन्दोलनका क्रममा कोसी प्रदेशभर निजी तथा सरकारी गरी १२५ वटा भौतिक संरचनामा आगजनी र तोडफोड भएको पाइएको छ। तीमध्ये ८३ ओटा सरकारी र ४२ ओटा निजी सम्पत्तिका संरचना रहेका छन्। तर, प्रदेशका ६ वटा जिल्लाहरूमा भने आन्दोलनको स्वरुप नै भिन्न थियो ।

आन्दोलन त भयो तर शान्तिपूर्ण । सरकारी कार्यालय र निजी सम्पत्तिमा आक्रमण र आगजनी गरिएन । बरु प्रदर्शन गर्नेहरु धर्ना बसे । सरकारलाई ज्ञापन पत्र पठाए ।‌
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले आफ्ना प्रतिनिधिमार्फत गरेको प्रारम्भिक क्षति संकलन प्रतिवेदन शुक्रबार सार्वजनिक गरेको छ ।

बिज्ञापन

त्यसमा उल्लेख गरिएको अनुसार पाँचथर, ओखलढुङ्गा, खोटाङ, धनकुटा, भोजपुर र सङ्खुवासभामा भने आन्दोलन शान्तिपूर्ण रहे। ती जिल्लामा धर्ना र ज्ञापनपत्र बुझाउने कार्य भए पनि आगजनी वा तोडफोडका घटना नभएको इन्सेकले जनाएको छ ।

इन्सेक कोशी प्रदेश कार्यालय, विराटनगरले तयार पारेको प्रारम्भिक विवरणअनुसार आन्दोलनका घटनाहरू कोशी प्रदेशका १४ जिल्लामध्ये आठ जिल्लामा प्रत्यक्ष देखिएका छन्। ती जिल्लाहरूमा झापा, मोरङ, सुनसरी, उदयपुर, इलाम, ताप्लेजुङ, सोलुखुम्बु र तेह्रथुम रहेका छन्।

निवर्तमान प्रधानमन्त्री केपी ओलीको गृहजिल्ला झापामा सबैभन्दा बढी २२ सरकारी र ९ निजी गरी ३१ ओटा संरचनामा क्षति पुगेको छ। मोरङमा २० सरकारी र ६ निजी गरी २६ ओटा संरचनामा, सुनसरीमा १६ सरकारी र १२ निजी गरी २८ ओटामा आगजनी तथा तोडफोड भएको पाइएको छ। इलाममा ४ सरकारी र ४ निजी गरी ८, ताप्लेजुङमा ३ सरकारी र ४ निजी गरी ७, र सोलुखुम्बुमा १ सरकारी संरचनामा तोडफोड भएको उल्लेख गरिएको छ। तेह्रथुममा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको जन्मघरमा आगजनी गरिएको छ।

यो विवरण इन्सेक कोशी प्रदेश कार्यालयले आफ्ना प्रतिनिधि र मिडिया मोनिटरिङमार्फत संकलन गरेको प्रारम्भिक जनाइएको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka