विराटनगर। कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ देखि सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालाई लक्षित गर्दै ‘सक्षम छोरी’ कार्यक्रम सञ्चालन गर्ने भएको छ।
सोमबार प्रदेश सभामा बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिङ्थेपले कार्यक्रम कार्यान्वयनका लागि ७ करोड रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिए।
बिज्ञापन
सरकारका अनुसार सामुदायिक विद्यालयमा अध्ययनरत छात्राको शैक्षिक पहुँच, निरन्तरता र सशक्तीकरणलाई प्रवर्द्धन गर्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गर्न लागिएको हो।
प्रदेश सरकारले ‘सक्षम छोरी’ कार्यक्रमबाट करिब २ लाख ७५ हजार छात्रा प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा गरेको छ। छात्रामैत्री शिक्षा वातावरण निर्माण तथा बालिकाको शैक्षिक सहभागिता बढाउन कार्यक्रमले सहयोग पुग्ने विश्वास सरकारको छ।