विराटनगर । झापाको मेचीनगरमा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । मेचीनगर नगरपालिका–४ स्थित वडा कार्यालय अगाडि हात्तीको आक्रमणमा परी स्थानीय ६२ वर्षीया पद्मा पौडेलको ज्यान गएको हो ।
प्रहरीका अनुसार आज बिहान घरबाट बाहिर निस्कने क्रममा पौडेलमाथि अचानक जंगलबाट आएको जंगली हात्तीले आक्रमण गरेको थियो । हात्तीले कुल्चिँदा उनको घटनास्थलमै मृत्यु भएको जनाइएको छ ।
बिज्ञापन
घटनापछि प्रहरीले आवश्यक अनुसन्धान सुरु गरेको छ भने कानुनी प्रक्रिया अगाडि बढाइएको जनाएको छ ।
झापाका वन क्षेत्र आसपासका बस्तीमा पछिल्लो समय जंगली हात्तीको आवतजावत र आक्रमण बढ्दै गएपछि स्थानीय बासिन्दा त्रसित बनेका छन् । वन क्षेत्र नजिकका बस्तीमा हात्ती नियन्त्रण तथा सुरक्षाका लागि स्थानीय तह र सम्बन्धित निकायले विभिन्न प्रयास गर्दै आएका छन् ।