बजेट प्रस्तुत हुँदा विपक्षीहरूले संसद् अवरोध नगर्ने
बुधबार, जेठ १४, २०८२ |
अपराह्न २:५३ बजे
काठमाडौं । आगामी आर्थिक वर्ष २०८२र८३ का लागि बजेट प्रस्तुत हुँदा विपक्षीहरूले संसद् अवरोध नगर्ने भएका छन् ।
भोलि, १५ जेठमा बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था छ । तर, गृहमन्त्री रमेश लेखकको राजीनामा र भिजिट भिसा प्रकरणमा छानबिनको माग राखेर विपक्षीहरूले प्रतिनिधिसभा बैठक अवरोध गर्दै आएका छन् । तर, विपक्षीहरूले बजेट प्रस्तुत हुँदा संसद् बैठक अवरोध नगर्ने भएका छन् । बजेट ल्याउने प्रक्रियामा सहयोग माग्दै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख विपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आज बिहान फोन गरेका थिए ।
बिज्ञापन
स्रोतका अनुसार प्रचण्डले बजेट आउन दिने संकेत दिएका छन् । ‘भरेभोलि थप कुराकानी होला, तर, प्रधानमन्त्रीलाई बजेट ल्याउने कुरामा हामी सकारात्मक रहेको जानकारी दिनुभएको छ,’ प्रचण्ड निकट ती स्रोतले भन्यो ।