Premier Cables
Premier Steel

समाचार

विराटनगरमा तास खेल्दै गरेका १२ जना पक्राउ, साढे दुई लाखभन्दा बढी नगद बरामद

Hamro Biratnagar News Channel Calendar सोमबार, जेठ २५, २०८३  | बिहान ९:४१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । विराटनगरमा जुवातास खेलिरहेको अवस्थामा १२ जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरूको साथबाट दुई लाख ५७ हजार ४ सय रुपैयाँ नगद बरामद गरिएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङबाट इन्स्पेक्टर अभिषेक श्रेष्ठको नेतृत्वमा खटिएको टोलीले विशेष सूचनाका आधारमा सोमबार राति करिब १ः३० बजे विराटनगर महानगरपालिका–११ जनपथ टोलस्थित महेश अग्रवालको घरमा छापा मारेको थियो।

बिज्ञापन

प्रहरीले छापामार्दा तास खेलिरहेका विराटनगर–६ का ४० वर्षीय दिलिप साह, विराटनगर–९ का १९ वर्षीय राधे कामत, सुरज शर्मा, १८ वर्षीय निरज साह, २० वर्षीय रोहित सहनी, विराटनगर–११ का ७१ वर्षीय मेहिनीप्रसाद प्रसाईं, ३९ वर्षीय पोषण सहनी, विराटनगर–१२ का ४२ वर्षीय भरतकुमार राईलाई पक्राउ गरेको छ।

यस्तै, ग्रामथान गाउँपालिका–५ का ३३ वर्षीय रञ्जित साह, बुढीगंगा गाउँपालिका–२ का ४६ वर्षीय ओमनाथ ढकाल, कटहरी गाउँपालिका–४ का ४७ वर्षीय रामु कामत तथा उदयपुरको गाईघाटका ४६ वर्षीय लोकचन्द्र कार्की पनि पक्राउ परेका छन्। तास खेलिएको घरका धनी महेश अग्रवाल भने पक्राउ परेका छैनन्।

मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार घटनास्थलबाट २२ बुङ तास, १४ थान मोबाइल र तीनवटा मोटरसाइकल समेत नियन्त्रणमा लिइएको छ।

पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखेर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka