Premier Cables
Premier Steel

विराटनगर

टंकी सबस्टेशनका सबै फिडर बन्द, ३३ केभी प्रसारण लाइनमा समस्याले बिजुली गयो

नोट: यो समाचार १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, जेठ १८, २०८३  | बिहान ७:५१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । दुहबी ग्रिडदेखि टंकी सबस्टेशनसम्म आएको ३३ केभी प्रसारण लाइनमा प्राविधिक समस्या (फल्ट) देखिएपछि टंकी सबस्टेशनबाट सञ्चालित सम्पूर्ण विद्युत् लाइनहरू बन्द भएका छन्।

विराटनगर र बुढीगंगा गाउँपालिकाका धेरै भागमा बिहान साढे ४ बजेदेखि बिजुली छैन ।

बिज्ञापन

विद्युत् आपूर्ति अवरुद्ध भएपछि सम्बन्धित प्राविधिक टोलीले समस्या पहिचान तथा समाधानका लागि लाइन पेट्रोलिङको काम तीव्र रूपमा अघि बढाइरहेको जनाएको छ। फल्ट भएको स्थान पत्ता लगाउने र मर्मत कार्य सम्पन्न गर्ने प्रयास जारी रहेको छ।

विद्युत् प्राधिकरणका अनुसार समस्या समाधान हुनासाथ विद्युत् आपूर्ति पुनः सुचारु गरिनेछ। हाल प्रभावित क्षेत्रका उपभोक्ताहरूलाई आवश्यक सावधानी अपनाउन तथा विद्युत् आपूर्ति पुनः सञ्चालनसम्बन्धी आधिकारिक सूचनाको प्रतीक्षा गर्न अनुरोध गरिएको छ।

प्रसारण लाइनमा आएको समस्याका कारण टंकी सबस्टेशन अन्तर्गतका सबै फिडरहरू प्रभावित भएका छन् भने विद्युत् आपूर्ति पुनःस्थापनाको समयबारे यकिन जानकारी प्राप्त भइसकेको छैन।

प्राविधिक टोलीले यथाशीघ्र सेवा पुनः सञ्चालन गर्ने लक्ष्यसहित काम गरिरहेको जनाएको छ। मध्यान्हसम्म बिजुली सूचारु हुने प्राधिकरणले जनाएको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa