Premier Cables
Premier Steel

राष्ट्रिय

भारत भ्रमणको निम्तो प्रधानमन्त्री बालेन शाहद्वारा स्वीकृत

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, बैशाख ०१, २०८३  | राती ९:०८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । बालेन्द्र शाहले नरेन्द्र मोदीद्वारा दिइएको भारत भ्रमणको निम्तो स्वीकार गर्नुभएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले दिएको निमन्त्रणा भालेले स्विकार गर्नु भएको टाइम्स अफ इन्डियाले प्रकाशन गरेको समाचारमा उल्लेख छ ।

भ्रमण कहिले हुने भन्ने समाचारमा खुलाइएको छैन ।

बिज्ञापन

यससँगै उहाँले देशभित्र सुशासन र सेवा प्रवाह सुधार गर्ने उद्देश्यले महत्वाकांक्षी १०० बुँदे कार्ययोजना हालै सार्वजनिक गर्नुभएको छ।

सार्वजनिक गरिएको उक्त योजनामा वीआईपी संस्कृति अन्त्य गर्ने, विश्वविद्यालय तथा क्याम्पसमा राजनीतिक हस्तक्षेप नियन्त्रण गर्ने, कर्मचारीतन्त्रलाई उत्तरदायी बनाउने तथा सार्वजनिक सेवामा हुने ढिलासुस्ती घटाउने जस्ता विषय समेटिएका छन्।

योजनामा विपन्न वर्गका लागि निःशुल्क स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने, महिलाका लागि सुरक्षित सार्वजनिक यातायातको व्यवस्था गर्ने र साना बालबालिकाका लागि तनावमुक्त शिक्षण प्रणाली लागू गर्ने प्रतिबद्धता समेत व्यक्त गरिएको छ।

प्रधानमन्त्री शाहले जनताको दैनिक जीवनसँग प्रत्यक्ष सरोकार राख्ने सेवाहरूलाई प्रभावकारी, पारदर्शी र सहज बनाउने लक्ष्यका साथ सुधार योजना अघि सारेको बताउनुभएको छ। “जनताले अनुभव गर्न सक्ने परिवर्तन हाम्रो प्राथमिकता हो,” उहाँले उल्लेख गर्नुभयो।

भारत भ्रमणको सन्दर्भमा नेपाल–भारत सम्बन्धलाई अझ मजबुत बनाउने, आर्थिक तथा पूर्वाधार सहकार्य विस्तार गर्ने विषयमा छलफल हुने अपेक्षा गरिएको छ। दुई देशबीचको कूटनीतिक सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने दिशामा यो भ्रमण महत्वपूर्ण हुने विश्लेषकहरूको भनाइ छ।

उक्त १०० बुँदे योजना कार्यान्वयनमा गएमा देशको प्रशासनिक संरचना, शिक्षा, स्वास्थ्य तथा सार्वजनिक सेवामा व्यापक सुधार आउने विश्वास गरिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa