Premier Cables
Premier Steel

राजनीति

कांग्रेस वर्तमान संकटबारे डा.शेखरले राखे पाँच प्रस्ताव

नोट: यो समाचार २ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, जेठ ११, २०८३  | बिहान १०:५५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौँ । पुस अन्तिम साता भएको विशेष महाधिवेशनपछि विवादमा रुमलिएको नेपाली कांग्रेसमा एकता कायम राख्न नेता डा. शेखर कोइरालाले ५ प्रस्ताव राखेका छन् ।

आफूलाई भेट्न आएका सभापति गगन थापा, महामन्त्री प्रदीप पौडेललगायतसँग डा. कोइरालाले पार्टीका एकता कायम राख्न भन्दै ५ प्रस्ताव राखेको सचिवालयले जानकारी दिएको हो ।

बिज्ञापन

डा. कोइरालाले  आफूले पार्टीमा एकता कायम राख्नका लागि केही प्रस्ताव सभापति र पदाधिकारीसमक्ष राखेको बताएका थिए । ‘मलाई वरिष्ठ नेता चाहिएको छैन । पार्टीमा एकता कायम राख्नुपर्छ भनेको छु । त्यसका लागि गर्नुपर्ने केही काम पनि मैले पार्टी पदाधिकारीलाई दिएको छु,’ कोइरालाले भनेका थिए ।

कोइरालालाई चैत २२ गते महामन्त्री प्रदीप पौडेल र वैशाख २३ गते सभापति गगन थापाले उनकै सम्पर्क कार्यालय विशालनगरमा पुगेर भेटेका थिए । ती भेट र त्यसपछि पार्टी नेतृत्व र पदाधिकारीसँग भएका अनौपचारिक कुराकानीमा कोइरालाले यी प्रस्ताव राखेका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिए ।

यस्ता छन्, कोइरालाका ५ प्रस्ताव

१) १५औँ महाधिवेशनको लागि क्रियाशील सदस्यता अद्यावधिकलाई अनिवार्य नगर्ने ।

२) १४औँ महाधिवेशन पछाडि नवीकरण गरिएका र वितरण गरिएका क्रियाशील सदस्यता कै आधारमा १५औँ महाधिवेशन गर्ने ।

३) १४औँ महाधिवेशनको केन्द्रीय कार्यसमिति र विशेष महाधिवेशनको केन्द्रीय कार्यसमितिलाई समायोजन गरेर एउटै बनाउने ।

४) कार्य सम्पादन समिति सभापतिको बहुमत हुनेगरी गठन गर्ने ।

५) निर्वाचन समिति, क्रियाशील सदस्यता छानबिन समिति, अनुशासन समिति, विधान समिति र अन्य समितिहरु आपसी सहमतिबाट मात्रै बनाउने ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa