Premier Cables
Premier Steel

राजनीति

प्रधानमन्त्रीको अभिव्यक्तिबारे हुनुपर्नेमा कांग्रेस बैठकमा मेरो विषयमा कुरा भएछ : डा. शेखर कोइराला

नोट: यो समाचार ५ महिना अघिको हो

Calendar मंगलबार, जेठ १३, २०८२  | अपराह्न १२:१२ बजे

विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको पदाधिकारी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्तिको विषयमा चर्चा नभई आफ्नोबारे हुँदा खुसी लागेको बताएका छन् ।

विराटनगरमा मंगलबार आयोजित एक कार्यक्रममा कोइरालाले भने,“प्रधानमन्त्रीको पछिल्लो अभिव्यक्ति निरंकुशताको सुरूवात हो । त्यो विषयमा छलफल नभएर मैले बोलेको विषयमा भएछ । खुसी लागेको छ ।”

बिज्ञापन

प्रधानमन्त्रीले जेठ १५ गते काठमाडौ एमालेको नियन्त्रणमा हुनुपर्छ भन्दै दिएको अभिव्यक्ति प्रति कांग्रेस नेताहरुले टिप्पणी गर्दै आएका छन् । नेता कोइरालाले भने भिजिट भिषा प्रकरणमा गृहमन्त्रीले नैतिकता देखाएर राजीनामा दिनुपर्छ भनेका थिए । उनको यो विचारलाई केन्द्रीत गर्दै कतिपय कांग्रेस नेताले अनुशासनको कार्वाही हुनुपर्ने बताएका थिए ।

“मैले सोचेको थिएँ कांग्रेसको बैठकमा प्रधानमन्त्रीको बोलीबारे छलफल हुन्छ तर, मेरो बारे छलफल भएछ । मलाई खुसी लाग्यो,” कोइरालाले भने ।
कोइरालाले लोकतन्त्रमा बोल्ने र आफ्नो अधिकारबारे विचार राख्ने सबैलाई छुट भएको पनि बताए ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Rathi Cable
Bagmati homepage
Hamrobiratnagar
Pigeon Advertising
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka