Premier Cables
Premier Steel

अर्थ विराटनगर

विराटनगरका उधोगी नवीन रिजाल एफएनसीसीआई केन्द्रीय सदस्यमा मनोनित

Hamro Biratnagar News Channel Calendar शुक्रबार, जेठ ०८, २०८३  | साँझ ६:०४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघको आज बसेको बैठकले पूर्व केन्द्रीय सदस्य तथा पूर्व अध्यक्ष नविन रिजाललाई पुनः मनोनित गरेपछि निजी क्षेत्रको राजनीतिमा नयाँ चर्चा सुरु भएको छ ।

कोशी प्रदेश अध्यक्षको निर्वाचनमा उल्लेखनीय मत ल्याएर चर्चामा आएका रिजाललाई महासंघले पुनः केन्द्रीय जिम्मेवारी दिएसँगै उनको ‘कमब्याक’ लाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

बिज्ञापन

केही समयअघि सम्पन्न नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको निर्वाचनमा रिजाल अध्यक्ष पदका प्रत्याशी बनेका थिए । प्रदेशभरका उद्योगी–व्यवसायीबीच सक्रिय रूपमा पुगेका उनले बलियो उपस्थिति देखाएका थिए ।

अन्ततः उनी उद्योगी राजेन्द्र राउतसँग पराजित भए पनि उनले प्राप्त गरेको समर्थन र मतले निजी क्षेत्रमा उनको प्रभाव अझ सुदृढ बनेको विश्लेषण हुन थालेको थियो ।

मोरङ उद्योग व्यापार संघको नेतृत्व सम्हालिसकेका रिजाल लामो समयदेखि निजी क्षेत्रका विविध मुद्दामा मुखर आवाज उठाउँदै आएका व्यवसायीका रूपमा परिचित छन् ।

राजस्व नीति, भन्सार सहजीकरण, उद्योगमैत्री वातावरण निर्माण तथा पूर्वी नेपालको आर्थिक गतिविधिलाई गतिशील बनाउने विषयमा उनले निरन्तर धारणा राख्दै आएका छन् ।

व्यवसायिक संगठनहरूबीच समन्वय कायम गर्ने, प्रदेशका उद्योग वाणिज्य संघहरूलाई एउटै प्लेटफर्ममा जोड्ने तथा निजी क्षेत्रको साझा आवाज निर्माण गर्न रिजालले खेलेको भूमिकालाई महासंघभित्र सकारात्मक रूपमा लिने गरिएको छ । विभिन्न अन्तरक्रिया तथा छलफल कार्यक्रममा पनि उनको सक्रिय उपस्थिति रहने गरेको छ ।

महासंघको आजको निर्णयलाई धेरैले “क्षमताको पुनः सम्मान” का रूपमा व्याख्या गरेका छन् । निर्वाचनमा पराजित भए पनि संगठनभित्र आफ्नो प्रभाव, सम्बन्ध र स्वीकार्यता कायम राख्न सफल रिजाल अब केन्द्रीय तहको राजनीतिमा अझ सक्रिय हुने संकेत देखिएको छ ।

निजी क्षेत्रका एक व्यवसायीले भने, “नविन रिजाल हारेर पनि कमजोर भएका थिएनन्, आजको मनोनयनले त्यो पुष्टि गरेको छ ।” महासंघभित्र आगामी दिनमा कोशी प्रदेशको शक्ति सन्तुलन र नेतृत्व समीकरणमा समेत यस निर्णयले नयाँ प्रभाव पार्ने अनुमान गरिएको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka