Premier Cables
Premier Steel

मौसम

पश्चिमी वायु सक्रिय, जेठको मध्यसम्म निरन्तर वर्षाको सम्भावना

नोट: यो समाचार ६ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, बैशाख २९, २०८३  | बिहान ११:३२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौँ । वैशाख लागेयता देशभर दिनहुँजसो वर्षा भइरहेको छ । पछिल्लो २४ घन्टामा केही स्थानमा १०० मिलिमिटरभन्दा बढी वर्षा मापन हुँदा अधिकांश क्षेत्रमा मध्यम वर्षा भएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार हालसम्म प्रि–मनसुन अवधिमा २१२.४० मिलिमिटर वर्षा भइसकेको छ, जुन औसत वर्षाको ९२.८ प्रतिशत हो । विभागले फागुन १७ देखि जेठ १७ सम्मको समयलाई प्रि–मनसुन र जेठ १८ देखि असोज १४ सम्मलाई मनसुन अवधि मान्ने गरेको छ ।

विज्ञापन

मौसमविद् विनोद पोखरेलले पछिल्लो समय पश्चिमी वायुको सक्रियता बढ्दै गएको बताएका छन् । उनका अनुसार पछिल्लो २४ घन्टामा देशका अधिकांश मौसमी केन्द्रमा वर्षा मापन भएको छ । सबैभन्दा धेरै म्याग्दीको तातोपानी क्षेत्रमा १०४.२ मिलिमिटर वर्षा भएको छ ।

यस्तै, कास्कीको लुम्लेमा ७० मिलिमिटर, लामापाटनमा ६४ मिलिमिटर, पोखरा विमानस्थल क्षेत्रमा ६०.२ मिलिमिटर तथा नवलपरासीको दुम्कौलीमा ६२.८ मिलिमिटर वर्षा भएको विभागले जनाएको छ ।

पोखरेलले पश्चिमी वायुको प्रभाव तत्काल कमजोर हुने सम्भावना नरहेको बताए । उनका अनुसार जेठको मध्यसम्म देशका विभिन्न क्षेत्रमा दैनिकजसो वर्षा हुने सम्भावना देखिएको छ, यद्यपि सबै स्थानमा निरन्तर पानी नपर्न सक्ने उनले उल्लेख गरेका छन् ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भू–भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव कायम छ । साथै, मध्य र पूर्वी भू–भागको उपल्लो वायुमण्डलमा रहेको न्यूनचापीय रेखाको पनि आंशिक प्रभाव रहेको छ ।

महाशाखाले मंगलबार बिहान कोशी प्रदेशसहित देशका हिमाली तथा पहाडी भू–भागमा सामान्यदेखि पूर्ण बदली रहने जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा अन्य पहाडी क्षेत्रमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।

आज राति पनि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायतका पहाडी तथा हिमाली क्षेत्रमा बदली रही केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

कोशीको आर्थिक रूपान्तरणका लागि निजी क्षेत्रसँग सहकार्य गर्नुपर्नेमा जोड, विराटनगरका उद्योगीले सुनाए समस्या

Clock Iconआइतबार, मंसिर १३, २०८३

कोशीमा निजी क्षेत्रसँग आर्थिक संवाद गर्न रास्वपा महामन्त्रीसहितका नेता विराटनगरमा

Clock Iconआइतबार, मंसिर १३, २०८३

अयोध्या-जनकपुर रेलसेवाले पर्यटनको नयाँ ढोका खोल्यो, पर्यटक टिकाइराख्नु मुख्य चुनौती

Clock Iconआइतबार, मंसिर १३, २०८३

फरक स्वाद, फरक उर्जा : पाँच नयाँ फ्लेभर सहित एक्स्ट्रिम बजारमा

Clock Iconबिहिबार, मंसिर १०, २०८३

बालेन सरकारको नयाँ कदम: कर प्रणाली सुधार्न ६३ ऐन संशोधन, करदातालाई राहतदेखि लगानीकर्तालाई सुविधा

Clock Iconबिहिबार, मंसिर १०, २०८३

विदेशी लगानी भित्र्याउने तयारीमा विराटनगर जुट मिल्स, ३५ वर्ष सञ्चालनको जिम्मा दिन प्रस्ताव आह्वान

Clock Iconबुधबार, मंसिर ०९, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka