काठमाडौं । नेपाली कांग्रेसका सभापति Gagan Thapa ले कांग्रेसका सदस्यले अन्य दललाई भोट हाल्ने कार्य स्वीकार्य नहुने बताएका छन्।
कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले सुर्खेतमा आयोजना गरेको प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै उनले मतदाताले कांग्रेसको चुनाव चिन्हमा भोट नहाल्नु सामान्य विषय भए पनि पार्टीको सदस्य भएर अन्य दललाई समर्थन गर्नु अस्वीकार्य हुने स्पष्ट पारे।
बिज्ञापन
“मतदाताले नेपाली कांग्रेसलाई भोट नहाल्नु फरक कुरा हो, तर कांग्रेसको सदस्य भएर दायाँबायाँ गर्नु स्वीकार्य हुँदैन,” उनले भने।
उनले राष्ट्रिय हित र सुशासनका विषयमा सरकारले राम्रो काम गरे कांग्रेसले समर्थन गर्ने बताए। तर सरकारका गलत र बर्बरतापूर्ण गतिविधिविरुद्ध कांग्रेसले सशक्त रूपमा आवाज उठाउने पनि उनको भनाइ थियो।