काठमाडौँ । नेपाली कांग्रेसका नेता गगनकुमार थापा आज सर्लाही पुगेका छन्।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सर्लाही क्षेत्र नम्बर ४ बाट उम्मेदवार रहेका थापा उम्मेदवारी दर्तापछि पहिलो पटक आफ्नो निर्वाचन क्षेत्र गएका हुन् ।
थापाको सचिवालयले दिएको जानकारी अनुसार उनी बिहान उडानमार्फत सिमरा अवतरण गरी त्यहाँबाट सडकमार्ग हुँदै सर्लाही पुगेका छन् । यसअघि उनले वारेसमार्फत आफ्नो उम्मेदवारी दर्ता गराएका थिए।
आफ्नो निर्वाचन क्षेत्रमा पुगेर थापाले आजै बागमती पुल र कर्मैयामा स्थानीय नेता तथा कार्यकर्ताहरूसँग राजनीतिक भेटघाट एवं चुनावी छलफल गर्ने तय भएको छ। निर्वाचनको मिति नजिकिँदै गर्दा थापाले आफ्नो क्षेत्रमा राजनीतिक सक्रियता बढाउन लागेका हुन्।