Premier Cables
Premier Steel

राजनीति

ओलीलाई विद्याको सुझावः अब धेरै अलमल नगर्नुहोस्

Hamro Biratnagar News Channel Calendar सोमबार, बैशाख २८, २०८३  | अपराह्न १:२६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच लामो राजनीतिक छलफल भएको छ । हिजो दिउँसो गुन्डुस्थित ओली निवासमा भएको भेटवार्ता करिब दुई घण्टाभन्दा बढी समयसम्म चलेको बताइएको छ ।

स्रोतका अनुसार भण्डारी ओलीको स्वास्थ्य अवस्था बुझ्न पुगेकी थिइन् । सो क्रममा उनले एमालेको आन्तरिक राजनीतिक अवस्था, पछिल्लो चुनावी परिणाम र संगठनात्मक विषयमा समेत सुझाव दिएकी छन् ।

बिज्ञापन

भण्डारी निकट स्रोतका अनुसार पार्टीभित्र पदाधिकारीदेखि तल्लो तहका कार्यकर्तासम्मले निर्वाचन परिणामबारे समीक्षा बैठक बोलाउन माग गर्दै आएका छन् । तर हालसम्म त्यस्तो बैठक नबोलाइएकाले यस विषयमा पनि छलफल भएको बताइएको छ ।

भेटमा पूर्वराष्ट्रपति भण्डारीले समीक्षा बैठक ढिलाइ नगरी तत्काल बोलाउनुपर्ने सुझाव दिएकी थिइन् । कार्यकर्तामा असन्तुष्टि र निराशा बढ्दै गएको उल्लेख गर्दै उनले संगठनभित्र स्पष्टता आवश्यक रहेको धारणा राखेकी थिइन् ।

एमालेभित्र नेतृत्व परिवर्तनको विषयमा भइरहेका चर्चाको सन्दर्भ पनि छलफलमा उठेको स्रोतको दाबी छ । भण्डारीले यस विषयलाई संकेत गर्दै पार्टीभित्र उठेका आवाजहरूलाई बेवास्ता नगरी संस्थागत निर्णय प्रक्रियामा जानुपर्ने सुझाव दिएकी थिइन् ।

जवाफमा अध्यक्ष ओलीले तत्काल बैठक बस्ने उपयुक्त परिस्थिति नभएको भन्दै ढिलाइ भइरहेको बताएका थिए । उनले अन्य नेताहरूसँग पनि यस्तै धारणा राख्दै आएको बताइएको छ ।

गत प्रतिनिधिसभा निर्वाचनपछि एमालेले अपेक्षाअनुसार नतिजा ल्याउन नसकेपछि पार्टी नेतृत्वमाथि समीक्षा र जिम्मेवारीबारे बहस बढ्दै गएको छ । त्यसयता भण्डारीले पटक–पटक ओलीसँग भेट गरी आन्तरिक राजनीतिक विषय उठाउँदै आएको स्रोतले जनाएको छ ।

फागुन २१ को निर्वाचनपछि भण्डारी र ओलीबीच भएको यो चौथो भेटवार्ता भएको बताइएको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka