Premier Cables
Premier Steel

राजनीति

युवा सङ्घलाई केपी ओलीको अर्ति : कोही पिट्न आएभने ओमशान्ति भनेर नबस्नु !

नोट: यो समाचार ११ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, असार ०९, २०८२  | राती ८:४६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

ललितपुर । प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले युवाहरू भ्रमित भएमा देशको परिवर्तन र अग्रगमनको गति सुस्त हुने बताएका छन्।

राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय समिति दोस्रो पूर्ण बैठकलाई आज सम्बोधन गर्दै अध्यक्ष ओलीले युवाहरूलाई सही विचार र सक्षम नेतृत्वको पक्षमा उभिनु पर्ने आवश्यकता औंल्याए।

बिज्ञापन

‘आजको समयमा युवा संघको काँधमा असाधारण जिम्मेवारी छ,’ उनले भने, ‘स्थानीय तह निर्वाचनसम्मको कार्यकालमा संघको नेतृत्वले स्पष्ट योजना बनाओस्, नयाँ इतिहास कोरियोस् र असाधारण सक्रियताका साथ काम गरोस्।’

ओलीले युवाहरूले व्यक्तिको पछि नलागी विचारको आधारमा समर्थन गर्नुपर्ने स्पष्ट पारे। उनले वैचारिक रूपमा स्पष्ट, सांगठनिक रूपमा बलियो र आवश्यकता परेमा पार्टी र देशको पक्षमा जुझारु रूपमा उभिनसक्ने योजनासहित अगाडि बढ्न आग्रह गरे। ‘विपक्षीले फैलाएका भ्रमलाई खण्डन गर, सही विचार पछ्याऊ, व्यक्ति होइन,’ उनले भने।

उनले युवाहरूमा इनोभेटिभ सोचको खाँचो औंल्याउँदै विश्वका थुप्रै परिवर्तन युवाहरूले नै ल्याएको उल्लेख गरे। ‘जब युवाहरू ठीक बाटोमा अघि बढ्छन्, देश पनि त्यसैअनुसार अगाडि बढ्छ। यदि उनीहरू भ्रममा परे वा कमजोर भए, तब परिवर्तनको गति पनि मन्द हुन्छ,’ ओलीले भने। ‘हामीले युवालाई उद्यमशील बनाउनेतर्फ ध्यान दिनुपर्छ।’

पार्टी नेतृत्वबारे कुरा गर्दै ओलीले विगतमा नेतृत्वको कमीले आन्दोलन डगमगिएको स्वीकार गरे। ‘जनताको बहुदलीय जनवाद पारित भए पनि तत्कालीन समयमा ठोस नेतृत्व अभावका कारण पार्टी स्पष्ट दिशा पाउन सकेन,’ उनले भने, ‘तर सही नेतृत्व पाएपछि पार्टी सशक्त रूपमा अघि बढ्यो।’

उनले एमालेसँग भएको “रिजिलिएन्स” क्षमताबारे चर्चा गर्दै भने, ‘हामीलाई सिध्याउने प्रयास भए पनि सही विचार र नेतृत्वका कारण हामी पार्टी एकीकरण गरेर अघि बढ्यौं। फेरि पनि विभाजनपछि त्यसैको पुनर्निर्माण गर्दै अघि बढ्यौं।’

गुण्डा नबन्नू, तर कसैले पिटेमा ‘ओम शान्ति’ भनेर नबस्नू भन्ने सन्देश पनि दिए ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa