Premier Cables
Premier Steel

कोशी प्रदेश

चुनावका निम्ति ढुक्कको वातावरण बनेको छैन : ओली 

Calendar आइतबार, फाल्गुण ०३, २०८२  | साँझ ४:११ बजे

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अझै पनि चुनावका निम्ति ढुक्कको वातावरण बन्न नसकेको बताएका छन् ।

 

आइतबार (फागुन ३) झापाको भद्रपुर विमानस्थलमा सञ्चारकर्मीसँग उनले अझै पनि तोकिएको समयमा ढुक्कका साथ निर्वाचन हुनेमा संशय रहेको बताएका हुन् ।

 

बंगलादेशमा जस्तै नेपालमा पनि सामाजिक सञ्जालमा ‘पपुलर’ भएका व्यक्तिहरू थोरै सिटमा समेटिने उनले जिकिर गरे ।

 

आसन्न निर्वाचनका निम्ति आफू सबै मतदाताका घरघरमा पुग्ने प्रयास गर्ने उनले बताए ।

 

झापा क्षेत्र नम्बर–५ का उमेदवार ओली मतदाता भेटघाट र अरू निर्वाचनकेन्द्रित कार्यक्रमका निम्ति जिल्ला गएका हुन् ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka