Premier Cables
Premier Steel

राजनीति

गगन-विश्वले निस्कृय हुनुहोस् भने, देउवाले टाउको मात्र हल्लाए !

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, पुष ३०, २०८२  | बिहान १०:३३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र दुई महामन्त्रीबीचको भेटवार्ता निष्कर्षविहीन भएको छ। देउवा निवासमा भएको छलफलमा कुनै ठोस निर्णय हुन सकेन।

यसअघि भएका वार्ताहरू पनि निष्कर्षमा नपुगेपछि सभापति देउवाले महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मालाई बुधबार बिहान छलफलका लागि बोलाएका थिए।

बिज्ञापन

भेटका क्रममा दुवै महामन्त्रीले सभापति देउवाको पछिल्लो सक्रियताप्रति चासो व्यक्त गरेका थिए। २८ असोजमा बसेको केन्द्रीय कार्यसमिति बैठकमा देखिएको भूमिकाले देउवाको सम्मान बढेको उल्लेख गर्दै उनीहरूले पुनः सक्रिय हुनुले त्यसमा असर पार्न सक्ने धारणा राखेका थिए।

“त्यो बैठकमा तपाईंको उपस्थितिले सम्मान बढाएको थियो। फेरि किन सक्रिय हुनुभयो ? यसले सम्मान बढाउँदैन, निष्क्रिय रहनुहोस्,” भन्दै देउवालाई आग्रह गरिएको महामन्त्रीहरूले बताएका छन्।

झन्डै ४५ मिनेट चलेको छलफलमा सहमति नजुटेपछि महामन्त्रीहरू निर्वाचन समितिलाई जानकारी गराई निर्वाचन प्रक्रिया अघि बढाउने तयारीमा रहेका छन्।

दुबै महामन्त्रीले निस्कृय हुन आग्रह गर्दा देउवाले टाउको मात्र हल्लाए तर जवाफ दिएनन् ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka