Premier Cables
Premier Steel

राजनीति

एमाले ब्यानरबाट केपी ओली ‘आउट’, संस्थापक नेताको फोटा राखियो

Hamro Biratnagar News Channel Calendar मंगलबार, बैशाख ०८, २०८३  | साँझ ४:३९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । नेकपा एमालेले आफ्नो पार्टी कार्यक्रमका पोस्टरहरूमा अध्यक्ष केपी शर्मा ओलीको तस्बिर हटाउन थालेको देखिएको छ।

एमालेले बुधबार ७७औँ स्थापना दिवस मनाउने तयारी गरिरहँदा सार्वजनिक गरिएको कार्यक्रम पोस्टरमा ओलीको तस्बिर समावेश गरिएको छैन। यसको सट्टा पुष्पलाल श्रेष्ठ, नरबहादुर कर्माचार्य, निरञ्जन गोविन्द वैद्य, नारायणविलास जोशी र मोतीदेवी श्रेष्ठका श्यामश्वेत तस्बिर राखिएका छन्।

बिज्ञापन

अघिल्ला कार्यक्रमहरूमा नियमित रूपमा समावेश गरिँदै आएका मनमोहन अधिकारी र मदन भण्डारीका तस्बिरसमेत यसपटक प्रयोग गरिएको छैन।

पार्टीभित्र नेतृत्व परिवर्तनको बहस तीव्र बन्दै गएको सन्दर्भमा ओलीको तस्बिर नहुनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ। सचिवालय तहका केही नेताहरूले नै अध्यक्षको विकल्प खोज्नुपर्ने धारणा सार्वजनिक गरिरहेका छन्।

२०७१ साल साउनदेखि एमाले सरकारमा पुगेपछि पार्टीका अधिकांश कार्यक्रम, सभा र सम्मेलनहरूमा ओलीको तस्बिर अनिवार्यजस्तै प्रयोग हुँदै आएको थियो। विभिन्न तहका कमिटीहरूले समेत ब्यानरहरूमा उनको तस्बिर प्रमुख रूपमा राख्ने गरेका थिए।

तर गत भदौ २३ मा ‘जेनजी आन्दोलन’पछि ओली सत्ताबाट बाहिरिएपछि भने पार्टीले उनको तस्बिरको प्रयोग क्रमशः घटाउँदै लगेको देखिन्छ। पछिल्लो निर्वाचनमा एमालेले उनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाए पनि धेरै उम्मेदवारहरूले आफ्ना प्रचार सामग्रीमा उनको तस्बिर प्रयोग गरेका थिएनन्।

यसअघि एमालेले कार्यक्रमका पोस्टरमा पहिलो तस्बिर पुष्पलाल, त्यसपछि मदन भण्डारी र मनमोहन अधिकारीको राख्ने परम्परा थियो, र परिस्थितिअनुसार ओलीको तस्बिर थपिने गरेको थियो।

२०८० सालमा पार्टीले सार्वजनिक कार्यक्रममा अध्यक्षबाहेक अन्य नेताको तस्बिर प्रयोग नगर्ने व्यवस्था गर्दै परिपत्रसमेत जारी गरेको थियो। उक्त आचारसंहितामा कार्यक्रमलाई सादा र व्यवस्थित बनाउन मञ्च प्रयोग, आसन व्यवस्थापन, माला–खादा प्रयोग तथा भड्किलोपन नियन्त्रणका विषयहरू पनि समेटिएका थिए।

तत्कालीन उपमहासचिव विष्णु रिमालले यस्तो आचारसंहिता आवश्यक भएको बताएका थिए। मंगलबार सार्वजनिक गरिएको स्थापना दिवसको पोस्टरमा पनि ओलीको तस्बिर नराखिएको देखिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka