Premier Cables

राजनीति

एमालेले हटायो ७० वर्षे उमेर हद, ओलीलाई पुनः अध्यक्ष बन्ने बाटो खुला

नोट: यो समाचार १ वर्ष अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, भाद्र २२, २०८२  | राती ८:०१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । नेकपा एमालेको दोस्रो विधान महाधिवेशनले अध्यक्ष, उपाध्यक्ष र महासचिवका प्रतिवेदनहरू सर्वसम्मत पारित गरेको छ।

ललितपुरको गोदवरीमा शुक्रबारदेखि सुरु भएको महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन प्रस्ताव र महासचिव शंकर पोखरेलको संगठनात्मक प्रतिवेदन आइतबार सर्वसम्मत पारित भएको हो।

विज्ञापन

महाधिवेशनले लोगोमा परिवर्तन गर्दै अब हँसिया–हथौडालाई रातो पृष्ठभूमिमा सुनौलो रंगमा प्रयोग गर्ने निर्णय गरेको छ। त्यसैगरी निर्वाचन आयोगको प्रमुखमा डा. विजय सुब्बालाई पुनः चयन गरिएको छ।

पार्टीको विधान संशोधनमार्फत केन्द्रीय कमिटीलाई ३ सय १ सदस्यबाट घटाएर २ सय ५१ सदस्यीय बनाइएको छ। पदाधिकारी १९ बाट घटाएर १५ मा सीमित गरिएको छ। अध्यक्ष, ३ उपाध्यक्ष, महासचिव, ३ उपमहासचिव र ७ सचिवसहित पदाधिकारी रहनेछन्। स्थायी कमिटीलाई पदाधिकारीमै सीमित गर्ने र पोलिटब्युरोको संख्या बढीमा केन्द्रीय कमिटीको एकतिहाइ हुने व्यवस्था गरिएको छ।

नयाँ विधानले पार्टी सदस्यता दुई प्रकारको (साधारण र संगठित) बनाएको छ। साधारण सदस्यताको परीक्षाकाल ६ महिना रहने र संगठित सदस्य अनिवार्य रूपमा कुनै न कुनै कमिटीमा आबद्ध हुनुपर्ने प्रावधान गरिएको छ।

कमिटी संरचना पनि परिमार्जन गर्दै राजधानी विशेष कमिटीलाई प्रदेश कमिटी सरहको मान्यता दिइएको छ। वडा, टोल, पालिका, जिल्ला हुँदै प्रदेशसम्मको संरचना स्पष्ट गरिएको छ। हरेक प्रदेश पदाधिकारीमा कम्तीमा एक महिला रहने व्यवस्था गरिएको छ।

पदाधिकारी वा सदस्य हुन प्रशिक्षण अनिवार्य गरिएको छ भने उमेर हदको सीमा हटाइएकाले ओलीलाई तेस्रो कार्यकाल अध्यक्ष बन्ने बाटो खुलेको छ। साथै, विभिन्न तहका बैठक बस्ने समयसीमा पनि निश्चित गरिएको छ।

महाधिवेशन समापन गर्दै अध्यक्ष ओलीले एमालेलाई “वायुपुत्र हनुमान”सँग तुलना गर्दै पार्टी गन्तव्यमा पुग्ने दृढ विचार भएको तर विचलन नभएको बताए।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka