Premier Cables
Premier Steel

विराटनगर

प्रिमियर वायर्सद्वारा दमकमा ‘इलेक्ट्रिसियन समिट २०२६’ सफलतापूर्वक सम्पन्न

Hamro Biratnagar News Channel Calendar मंगलबार, बैशाख ०१, २०८३  | राती ९:०० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर ।‌प्रिमियर वायर्सद्वारा आयोजना गरिएको इलेक्ट्रिसियन समिट २०२६ दमकमा सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा दमक तथा आसपास क्षेत्रका १३० भन्दा बढी इलेक्ट्रिसियनहरूको उत्साहजनक सहभागिता रहेको थियो।
कार्यक्रममा सुरक्षित तथा गुणस्तरीय हाउस वायरिङको महत्वबारे जानकारी दिँदै प्रिमियर वायर्सका हाउस वायरिङ केबलका विशेषता र फाइदाहरूको बारेमा सहभागीहरूलाई सचेतना गराइएको थियो।

साथै, सुरक्षित विद्युत प्रयोग, आधुनिक वायरिङ प्रविधि तथा गुणस्तरीय केबल प्रयोगको आवश्यकता बारे विस्तृत रूपमा छलफल गरिएको थियो।

प्रिमियर वायर्सले यस्ता कार्यक्रममार्फत देशभरका इलेक्ट्रिसियनहरूलाई सुरक्षित, भरपर्दो र आधुनिक वायरिङ समाधानबारे जानकारी प्रदान गर्दै आइरहेको छ।

बिज्ञापन

कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण सहभागी इलेक्ट्रिसियनहरू तथा सहयोगीहरूप्रति प्रिमियर वायर्स हार्दिक धन्यवाद व्यक्त गर्दछ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka