Premier Cables
Premier Steel

अर्थ विराटनगर

इटहरीमा प्रिमियर वायरस् प्रा.लि. द्वारा इलेक्ट्रिसियन समिट २०२६ सम्पन्न

नोट: यो समाचार ३ महिना अघिको हो

बिदिशा भट्टराई Hamro Biratnagar News Channel Calendar आइतबार, चैत्र ०८, २०८२  | अपराह्न १२:२६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

इटहरी । इटहरीमा प्रिमियर वायरस् प्रा.लि. द्वारा आयोजना गरिएको इलेक्ट्रिसियन समिट २०२६ सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा १७० भन्दा बढी अनुभवी तथा दक्ष इलेक्ट्रिसियनहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमको मुख्य उद्देश्य सुरक्षित र गुणस्तरीय हाउस वायरिङबारे जनचेतना फैलाउनु तथा नवीनतम केबल प्रविधिबारे जानकारी प्रदान गर्नु रहेको थियो।

बिज्ञापन

कार्यक्रममा प्रिमियर वायरस् प्रा.लि. ले आफ्ना उच्च गुणस्तरीय FRLSH केबल तथा नवप्रवर्द्धित ZHFR केबल सार्वजनिक रूपमा परिचय गराएको थियो। हाउस वायरिङका लागि उपयुक्त यी केबलहरू प्रयोग गर्दा सर्ट सर्किट भएमा आगलागी हुने सम्भावना न्यून रहने र विषालु ग्यास उत्सर्जन नहुने विषयमा विस्तृत जानकारी प्रदान गरिएको थियो।

साथै, सुरक्षित विद्युत् जडान र आधुनिक प्रविधिको प्रयोगले घर तथा उद्योगहरूलाई सुरक्षित राख्न महत्वपूर्ण भूमिका खेल्ने कुरा कार्यक्रममा जोड दिइएको थियो।

कार्यक्रममा सहभागी इलेक्ट्रिसियनहरूले प्रिमियर वायरस् प्रा.लि. को उत्पादनको गुणस्तर, सुरक्षा मापदण्ड तथा नवीन प्रविधिको प्रशंसा गर्दै भविष्यमा यस्ता कार्यक्रमले विद्युत् क्षेत्रको विकासमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका थिए।

प्रिमियर वायरस् प्रा.लि. ले आगामी दिनहरूमा पनि देशभर यस्ता प्राविधिक तथा जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै सुरक्षित र भरपर्दो वायरिङ समाधान प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa