Premier Cables
Premier Steel

कोशी प्रदेश

कोशी प्रदेशका आयुर्वेद अस्पतालले माग गरे विभिन्न पदका कर्मचारी

Hamro Biratnagar News Channel Calendar सोमबार, चैत्र ३०, २०८२  | बिहान ११:४२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । प्रादेशिक आयुर्वेद अस्पताल लखनपुरले आर्थिक वर्ष २०८२र०८३ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार विभिन्न पदमा करार सेवाका लागि कर्मचारी माग गरेको छ। अस्पतालले फिजियोथेरापी सेवा सञ्चालनका लागि एक जना फिजियोथेरापी असिष्टेण्टसहित अन्य स्वास्थ्यकर्मी पदहरूमा नियुक्ति प्रक्रिया अघि बढाएको हो।

अस्पतालद्वारा प्रकाशित सूचनाअनुसार फिजियोथेरापी असिष्टेण्ट (पाँचौँ तह) पदमा १ जना कर्मचारी आवश्यक रहेको छ। उक्त पदमा लिखित (वस्तुगत बहुवैकल्पिक) परीक्षा तथा अन्तर्वार्तामार्फत छनोट गरिनेछ। योग्यता पुगेका नेपाली नागरिकले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र कार्यालय समयमा राजस्व तिरेको सक्कल रसिदसहित तोकिएको फाराममा दरखास्त दिनुपर्नेछ।

बिज्ञापन

यसैगरी “स्वास्थ्यकर्मी करार सेवा सम्बन्धि कार्यविधि, २०७९” अनुसार अन्य पदहरूमा पनि आवेदन खुला गरिएको छ। जसअनुसार रेडियोग्राफर, स्टाफ नर्स, वैद्य तथा अभ्यंगकर्ता (पुरुष) पदमा जनशक्ति माग गरिएको छ। सबै पदमा लिखित परीक्षा र अन्तर्वार्ताबाट छनोट गरिने जनाइएको छ।

रेडियोग्राफर र स्टाफ नर्स पदका लागि सम्बन्धित विषयमा प्रमाणपत्र तह उत्तीर्ण गरी सम्बन्धित परिषद्मा दर्ता तथा नवीकरण अनिवार्य गरिएको छ भने वैद्य पदका लागि सहायक आयुर्वेद स्वास्थ्य कार्यकर्ता (एएएचडब्लु) कोर्ष उत्तीर्ण हुनुपर्नेछ। अभ्यंगकर्ता पदका लागि कम्तीमा ८ कक्षा उत्तीर्ण भई सम्बन्धित तालिम प्राप्त गरेको हुनुपर्नेछ।

यसैबीच, सोही कार्यालयले अनमी (सहायकस्तर चौथो) पदमा पनि १ जना कर्मचारी करार सेवामा लिन सूचना जारी गरेको छ। उक्त पदका लागि कोशी प्रदेश लोकसेवा आयोग को सिफारिस सूचीमा रहेका वैकल्पिक वा अस्थायी उम्मेदवारले १५ दिनभित्र आवश्यक कागजातसहित निवेदन पेश गर्नुपर्नेछ।

आवेदनसँगै नेपाली नागरिकताको प्रतिलिपि, लोकसेवा आयोगको प्रवेशपत्र, सम्बन्धित काउन्सिलमा दर्ता तथा नवीकरण प्रमाणपत्र, शैक्षिक योग्यता र चारित्रिक प्रमाणपत्र पेश गर्नुपर्ने उल्लेख गरिएको छ। साथै, कागजातहरू इमेलमार्फत पनि पेश गर्न सकिने व्यवस्था गरिएको अस्पतालले जनाएको छ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र विराटनगरले पनि एक जना फिजियोथेरापिस्ट कर्मचारी माग गरेको छ । यसैगरी फिदिम कार्यालयले पनि एक जना अनमी कर्मचारी माग गरेको छ । यस सम्बन्धी सूचना कोशी प्रदेश स्वास्थ्य मन्त्रालयको वेभसाइटमा गएर हेर्न सकिन्छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka