Premier Cables
Premier Steel

कोशी प्रदेश स्वास्थ्य

कोसी स्वास्थ्य मन्त्रालय र वैद्यखानाबीच औषधि खरिद सम्झौता

नोट: यो समाचार ७ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, भाद्र ०२, २०८२  | साँझ ४:३० बजे
Hamro Biratnagar Headlines

विराटनगर । कोसी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले सिंहदरबार वैद्यखानासँग २ करोड २० लाख रुपैयाँ बराबरको आयुर्वेदिक औषधि खरिद गर्न सम्झौता गरेको छ।

सोमबार विराटनगरमा भएको सम्झौतामा मन्त्रालयकी सचिव डा. राधिका थपलिया र वैद्यखानाका निर्देशक प्रदीप केसीले हस्ताक्षर गरेका हुन्।

बिज्ञापन

स्वास्थ्य मन्त्री भुपेन्द्र राईले औषधि खरिदमा हुने ढिलासुस्ती अन्त्य गर्दै समयमै जनतालाई सेवा दिने उद्देश्यले यो कदम चालिएको बताए। उनले असारपछि मात्रै खरिद गर्ने पुरानो प्रथालाई हटाइ सुशासनतर्फ अघि बढ्न खोजिएको स्पष्ट पारे।

सचिव थपलियाले औषधि आपूर्ति केन्द्रमार्फत मात्रै नभई अब जिल्लास्तरका स्वास्थ्य संस्थाले पनि आवश्यक औषधि खरिद गर्न सक्ने नयाँ व्यवस्था गरिएको जानकारी दिइन्। जिटुजी (सरकार–सरकार) मोडेलअनुसार भएको यो सम्झौता औषधि खरिदलाई पारदर्शी र प्रभावकारी बनाउने लक्ष्यसहित गरिएको उनले बताइन्।

वैद्यखानाका महानिर्देशक प्रदीप केसीले कोसी सरकारलाई २० प्रतिशत छुट बराबरको अतिरिक्त औषधि पनि उपलब्ध गराउने बताए। उनले गुणस्तरीय औषधि उत्पादनमा ध्यान दिइएको भन्दै सातै प्रदेशलाई जिटुजी प्रक्रियामार्फत खरिद गर्न आह्वानसमेत गरे।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka