Premier Cables
Premier Steel

राजनीति

उसभामुख मनोनयन दर्ता आज

Hamro Biratnagar News Channel Calendar बिहिबार, चैत्र २६, २०८२  | बिहान ९:२४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख चयनका लागि आज (चैत २६) उमेदवारी दर्ता गरिने भएको छ । संसद् सचिवालयले सार्वजनिक गरेको निर्वाचन कार्यतालिकाअनुसार उमेदवारी दर्ताको समय बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म तोकिएको छ ।

प्रतिनिधिसभाका सचिव हर्कराज राईद्वारा जारी सूचनामा सोही दिन दिउँसो २:३० बजे उमेदवारहरूको नाम दर्ता क्रमअनुसार सार्वजनिक गरिने उल्लेख छ ।

बिज्ञापन

उपसभामुखको निर्वाचन चैत २७ गते हुने तय गरिएको छ । त्यस दिन अपराह्न ४ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रस्तावकले उपसभामुख निर्वाचित गरियोस् भन्ने प्रस्ताव पेश गर्नेछन् । प्रस्तावमाथि छलफलपछि निर्णय लिइनेछ ।

सभामुख डोलप्रसाद अर्यालले बुधबारको बैठकमार्फत उपसभामुख निर्वाचनको मिति तय गर्दै आवश्यक सूचना प्रकाशन गर्न निर्देशन दिएका थिए ।

उपसभामुख पदका लागि विपक्षी दलहरूले उमेदवारी दिने संकेत गरेका छन् । प्रतिनिधिसभामा दुईतिहाइ नजिकको बहुमत रहेको सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समर्थन प्राप्त गर्ने दलबाटै उपसभामुख चयन हुने सम्भावना छ । तर, हालसम्म रास्वपाले कसलाई समर्थन गर्ने भन्ने विषयमा औपचारिक निर्णय गरेको छैन ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka