Premier Cables
Premier Steel

समाचार

मन्त्रीहरुको मर्यादाक्रम फेरबदल, गृहमन्त्री गुरुङ पुगे पाचौं नम्बरमा (हेरौं विवरण)

Hamro Biratnagar News Channel Calendar मंगलबार, चैत्र २४, २०८२  | अपराह्न १:३० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । संघीय मन्त्रिपरिषद्‌को मर्यादाक्रममा नयाँ फेरबदल गरिएको छ।

यसअघि तेस्रो नम्बरमा रहेका सुधन गुरुङ अब पाचौं नम्बरमा सरेका छन्। प्रधानमन्त्री बालेन्द्र शाहपछिको वरियतामा अर्थमन्त्री स्वर्णिम वाग्ले यथावत रहेका छन्।

बिज्ञापन

नयाँ वरियताअनुसार:

  • तेस्रो वरियतामा परराष्ट्रमन्त्री शिशिर खनाल
  • चौथोमा उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठ
  • पाचौंमा गृहमन्त्री सुधन गुरुङ
  • छैटौंमा भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकासमन्त्री सुनिल लम्साल
  • सातौंमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम

यसपछि क्रमशः:

  • महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सीता बादी
  • संघीय मामिला तथा सामान्य प्रशासन, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावल
  • स्वास्थ्य तथा जनसंख्या, खानेपानीमन्त्री निशा मेहता
  • शिक्षा, विज्ञान तथा प्रविधि तथा युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेल
  • १२औं वरियतामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेल
  • यसपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिना
  • कृषि तथा पशुपन्छी विकास तथा वन तथा वातावरणमन्त्री गीता चौधरी
  • अन्तिम वरियतामा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दिपक कुमार साह रहेका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka