Premier Cables

राष्ट्रिय

इद-उल-फित्रको अवसरमा सरकारले दियो सार्वजनिक बिदा

नोट: यो समाचार ६ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, चैत्र ०६, २०८२  | साँझ ५:३४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर। नेपाल सरकारले इस्लाम धर्मावलम्बीहरूको पर्व ईद (इद–उल–फित्र) को अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार नेपाल राजपत्रमा प्रकाशित सूचनाबमोजिम ईदको दिन सार्वजनिक बिदा दिने व्यवस्था रहेको छ। मुस्लिम आयोगबाट प्राप्त जानकारीअनुसार यस वर्ष २०८२ साल चैत ७ गते शनिबार ईद (इद–उल–फित्र) पर्ने जनाइएको छ।

विज्ञापन

सोही आधारमा उक्त दिन सार्वजनिक बिदा दिइएको मन्त्रालयले जनाएको छ। साथै, स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इस्लाम धर्मावलम्बीहरू साथै सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा मन्त्रालयले हार्दिक शुभकामना व्यक्त गरेको छ।

उक्त विज्ञप्तिमा सहसचिव तथा प्रवक्ता आनन्द काफ्लेले हस्ताक्षर गरेका छन्।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka