Premier Cables
Premier Steel

विराटनगर

रमजान पर्व घरमै सीमित रूपमा मनाउन जिल्ला प्रशासन कार्यालय मोरङको आग्रह

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, फाल्गुण १७, २०८२  | राती ९:४१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले रमजान पर्वको अवसरमा सार्वजनिक स्थलमा हुने सामूहिक कार्यक्रम नगर्न आग्रह गरेको छ।

प्रतिनिधिसभा सदस्य निर्वाचनको मौन अवधि र मतदानको दिनसँग रमजानका पवित्र दिन जुधेकाले शान्ति–सुरक्षा तथा निर्वाचन आचारसंहिता पालना सुनिश्चित गर्न प्रशासनले अत्यन्त जरुरी सूचना जारी गरेको जनाएको छ।

बिज्ञापन

सूचनामा इस्लाम धर्मावलम्बीहरूको महान महिना रमजानका अवसरमा सबै जिल्लावासीलाई शुभकामना व्यक्त गर्दै यस वर्ष रमजानका पवित्र दिनहरू घरपरिसरभित्रै परिवारसँग मर्यादित रूपमा मनाउन अनुरोध गरिएको छ। मस्जिद वा घर बाहिर कुनै पनि प्रकारका सामूहिक भोज–भतेर, सांस्कृतिक कार्यक्रम तथा भीडभाडजन्य गतिविधि नगर्न निर्देशन दिइएको छ।

निर्वाचन आचारसंहिता विपरीत कुनै गतिविधि गरेको पाइएमा प्रचलित कानुनअनुसार तत्काल कारबाही गरिने चेतावनीसमेत प्रशासनले दिएको छ। प्रशासनले जिल्लावासीलाई संयमित र जिम्मेवार ढंगले पर्व मनाई शान्ति–सुव्यवस्था कायम राख्न सहयोग गर्न अपिल गरेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa