Premier Cables
Premier Steel

राष्ट्रिय

रास्वपा समानुपातिक सांसदमा ‘क्लस्टरवाईज’ संख्या टुंगो लाग्यो

Hamro Biratnagar News Channel Calendar आइतबार, चैत्र ०१, २०८२  | अपराह्न २:५५ बजे
Hamro Biratnagar Headlines

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठकले प्रतिनिधिसभाको समानुपातिकतर्फ ५७ सांसदको नाम सिफारिस गरेको छ । सिफारिस गरिएका मध्ये ४८ जना महिला र ९ जना पुरुष रहेका छन् । यो जानकारी सचिवालय सदस्य गणेश पराजुलीले दिएका हुन् ।

पार्टीका प्रवक्ता मनिष झाले सचिवालयले जिम्मेवारी दिएर कर्मचारी र सचिवालय सदस्यमार्फत आइतबार नै तोकिएको समयभित्र नामहरू निर्वाचन आयोगमा पठाइने बताए ।

उनका अनुसार पार्टीले आयोगको केन्द्रीय कार्यालयमा नाम बुझाएपछि आयोगले त्यसको रूजु गरी प्रमाणीकरण प्रक्रिया अघि बढाउनेछ । आयोगले प्रमाणीकरण नगरेसम्म ती नामहरू पार्टीका तर्फबाट प्रस्तावित नाम मात्र रहने उनले स्पष्ट पारे ।

फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा रास्वपाले प्रत्यक्षतर्फ १२५ र समानुपातिकतर्फ ५७ सिट हासिल गरेको छ ।

पार्टीले क्लस्टरअनुसार समानुपातिक सांसदको प्रस्तावित संख्या पनि टुंगो लगाएको छ । खसआर्यबाट १७ जना, आदिवासी जनजातिबाट १६ जना, मधेशीबाट ९ जना, दलितबाट ८ जना, थारूबाट ४ जना र मुस्लिम समुदायबाट ३ जनाको नाम सिफारिस गरिएको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
dps ad
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka