Premier Cables
Premier Steel

कोशी प्रदेश

झापा ‘क्लिन स्विप’ गर्दै रास्वपा

नोट: यो समाचार १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शनिबार, फाल्गुण २३, २०८२  | बिहान १०:४० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

झापा । झापाका पाँचवटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ‘क्लिन स्वीप’ गर्ने सम्भावना देखिएको छ। हालसम्मको मतगणनाअनुसार सबै क्षेत्रमा रास्वपाका उम्मेदवार अग्रस्थानमा रहेका छन्।

झापा–५ मा रास्वपाका वरिष्ठ नेता बालेन्द्र (बालेन) शाह करिब १७ हजार मतान्तरले अगाडि छन्। निर्वाचन आयोगका अनुसार उनले २२ हजार ७४२ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार केपी शर्मा ओलीले ५ हजार ८६४ मत प्राप्त गरेका छन्। तेस्रो स्थानमा श्रम संस्कृति पार्टीका उम्मेदवार समिर तामाङ २ हजार ६९३ मतसहित रहेका छन्।

बिज्ञापन

झापा–४ मा रास्वपाका उम्मेदवार शम्भुप्रसाद ढकाल ६ हजार ५३३ मतसहित अग्रस्थानमा छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का लालप्रसाद साँवा लिम्बूले १ हजार ८४१ मत प्राप्त गरेका छन्।

झापा–३ मा रास्वपाका प्रकाश पाठक १३ हजार ८४९ मतसहित अगाडि छन्। उनका निकट प्रतिस्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार राजेन्द्र लिङ्देनले ६ हजार ३०० मत प्राप्त गरेका छन्।

त्यसैगरी झापा–२ मा रास्वपाकी उम्मेदवार इन्दिरा रानामगर १३ हजार ६६९ मतसहित अग्रस्थानमा छिन्। उनका निकट प्रतिस्पर्धी नेकपा (एमाले) का देवराज घिमिरेले २ हजार ३३९ मत प्राप्त गरेका छन्।

झापा–१ मा रास्वपाकी उम्मेदवार निशा डाँगी पनि प्रतिस्पर्धीभन्दा दोब्बरभन्दा बढी मतले अगाडि छिन्। उनले १२ हजार ९०१ मत प्राप्त गरेकी छन् भने श्रम संस्कृति पार्टीका केवलराम राईले ३ हजार ६९२ मत प्राप्त गरेका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka