Premier Cables
Premier Steel

विराटनगर

हेरिटेज इन्टरनेशनल स्कूलमा ‘मदर्स क्रिकेट लिग’सहित ११६औँ अन्तर्राष्ट्रिय महिला दिवस भव्य रूपमा मनाइयो

Hamro Biratnagar News Channel Calendar सोमबार, फाल्गुण २५, २०८२  | साँझ ७:४५ बजे
Hamro Biratnagar Headlines

विराटनगर । हेरिटेज इन्टरनेशनल स्कूलले ११६औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा महिलाहरूको क्षमता र सक्रियतालाई सम्मान गर्दै ‘हेरिटेज मदर्स क्रिकेट लिग’ नामक विशेष क्रिकेट प्रतियोगिताको आयोजना गरी यस वर्षको दिवसलाई भव्य रूपमा मनाएको छ। महिला सशक्तीकरण र आपसी सद्भावको सन्देश दिने उद्देश्यले विद्यालयले ‘हेरिटेज मदर्स क्रिकेट लिग’को आयोजना गरेको हो।

विद्यालय परिसरमा आयोजित उक्त प्रतियोगितामा विद्यार्थीका अभिभावकहरूबाट गठित दुई समूह र विद्यालयका महिला शिक्षकहरूको टोली गरी तीन समूहको सहभागिता रहेको थियो। निकै प्रतिस्पर्धात्मक बनेको उक्त क्रिकेट लिगमा सहभागी अभिभावकहरूले खेल कौशल प्रदर्शन गर्दै उपस्थित दर्शक तथा विद्यार्थीहरूलाई उत्साहित बनाएका थिए। खेलको अन्त्यमा अभिभावकहरूको एक टोलीले उत्कृष्ट प्रदर्शन गर्दै ट्रफी चुम्न सफल भयो।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने दुईजना अभिभावकलाई ‘बेस्ट प्लेयर अफ द लिग’ (उत्कृष्ट खेलाडी) को उपाधिबाट सम्मानित गरिएको छ। कक्षा १० का विद्यार्थी इच्छा बज्राचार्यकी आमा श्रीमती सुनीता बज्राचार्य र कक्षा ८ का विद्यार्थी गोविन्दा गोयल अग्रवालकी आमा श्रीमती सारिका गोयललाई उनीहरूको उत्कृष्ट खेल कौशलका लागि विशेष ट्रफी प्रदान गरी सम्मान गरिएको थियो। विजयी टोलीका सम्पूर्ण सदस्यहरूलाई विद्यालयका तर्फबाट प्रमाणपत्र, मेडल र ट्रफीद्वारा पुरस्कृत गरिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालयका प्रिन्सिपल सुशान्त बानियाँले अन्तर्राष्ट्रिय महिला दिवसको महत्वमाथि प्रकाश पार्दै भन्नुभयो, “महिलाहरू हरेक क्षेत्रमा सक्षम छन् र खेलकुदले उनीहरूभित्रको आत्मविश्वासलाई अझ उचाइमा पुर्‍याउँछ। हाम्रा विद्यार्थीका अभिभावकहरू र शिक्षकहरूलाई एकै थलोमा ल्याएर यस्तो रचनात्मक कार्यक्रम गर्न पाउँदा हामी गौरवान्वित छौँ।” उहाँले विद्यालयले शिक्षासँगै यस्ता अतिरिक्त क्रियाकलापलाई निरन्तरता दिने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।

खेलकुद कार्यक्रमको समापनपश्चात् विद्यालयका महिला शिक्षक, कर्मचारी र सहभागी सम्पूर्ण खेलाडीहरूले संयुक्त रूपमा केक काटेर खुसियाली मनाएका थिए। कार्यक्रममा सहभागी महिलाहरूले विद्यालयले यस्तो अवसर प्रदान गरेकोमा धन्यवाद ज्ञापन गर्दै खेलकुदले आफूहरूबीचको आपसी सद्भाव र एकतालाई अझ बलियो बनाएको अनुभव साटेका थिए।

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka