Premier Cables

विराटनगरशिक्षा

हेरिटेज इन्टरनेशलकाे एसईई पहिलो ब्याचद्वारा ऐतिहासिक सफलता हाँसिल

Calendar शनिबार, असार १४, २०८२  | साँझ ५:२९ बजे

विराटनगर । हेरिटेज इन्टरनेशलले एसईई पहिलो ब्याचमा ऐतिहासिक सफलता हाँसिल गरेकाे छ ।

परीक्षामा सामेल भएका ९ जना विधार्थी परिक्षार्थी मध्ये ८ जनाले ए प्लस र एक जनाले ए ग्रेड ल्याउन सफल भएका छन् । सफल हुने विधार्थीहरुलाइ आगामी दिनहरु यस्तै सफलता प्राप्त हाेस् भन्दै विद्यालयले शुभकामना दिएकाे छ ।

बिज्ञापन

किताबी ज्ञानका साथै व्यावहारिक शिक्षा र अतिरिक्त क्रियाकलापहरूमा जोड दिँदै आएकाे हेरिटेजले विराटनगरमा विश्वस्तरकाे शिक्षा प्रदान गर्दै आएकाे छ । प्रिन्सिपल सुशान्त बानियाँले गुणस्तरीय शिक्षा आफूहरुकाे प्राथमिकता भएकाे बताएका छन् ।

विद्यालयमा उच्च दक्ष र अनुभवी शिक्षक तथा शिक्षिकाहरू छन् जसले विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा प्रतिबद्ध भई अध्यापन गराउँदै आएकाे छ ।
विद्यार्थी-केन्द्रित दृष्टिकोणलाइ महत्व दिइ हेरिटेज इन्टरनेशनल स्कूलले प्रत्येक विद्यार्थीको रुचि बुझ्ने प्रयास गर्छ र उनीहरूलाई छनौट गरेको क्षेत्रमा उत्कृष्ट बनाउन शिक्षालाई समायुकूल बनाएकाे बानियाँले बताए ।

विद्यालयले खेलकुद र सांस्कृतिक कार्यक्रमहरू सहित विभिन्न अतिरिक्त क्रियाकलापहरू प्रदान गरी समग्र सिक्ने वातावरणलाई बढावा दिँदै आएकाे बताइएकाे छ । अभिभावकहरूले विद्यालयका सुविधाहरू र शिक्षाकाे गुणस्तर प्रति पनि सन्तुष्टि व्यक्त गर्दै आएका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
Hamrobiratnagar Ads
Eastern College
aarya
Vianet
DPS
Web Surfer
स्टोरिजमा समाचार
ACS

विराटनगर

हेर्नै पर्ने भिडियो