Premier Cables
Premier Steel

कोशी प्रदेश

राष्ट्रिय उर्जाशील पार्टीका अध्यक्ष योगेन्द्र मण्डलको जमानत जफत

नोट: यो समाचार २ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शनिबार, फाल्गुण २३, २०८२  | साँझ ५:५१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । मोरङ क्षेत्र नम्बर ५ का निवर्तमान प्रतिनिधिसभा सदस्य योगेन्द्र प्रसाद मण्डलको यसपटकको निर्वाचनमा जमानत जफत भएको छ।

राष्ट्रिय ऊर्जाशील पार्टीका अध्यक्ष समेत रहेका मण्डलले कुल खसेको मतमध्ये जम्मा ४ हजार १९९ मत मात्र प्राप्त गरेका छन्।

बिज्ञापन

२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा यस क्षेत्रबाट स्वतन्त्र उम्मेदवारका रूपमा प्रतिस्पर्धा गर्दै शानदार जित हासिल गरेका मण्डलले यसपटक भने फागुन २१ गते सम्पन्न निर्वाचनमा १० प्रतिशत मतसमेत कटाउन सकेनन्।

निर्वाचन आयोगका अनुसार मोरङ क्षेत्र नम्बर ५ मा कुल १ लाख १० हजार १७७ मतदाता रहेका छन्। तीमध्ये ७८ हजार ५२९ मत खसेको थियो। जमानत जोगाउन उम्मेदवारले खसेको मतको कम्तीमा १० प्रतिशत अर्थात् ७ हजार ८५२ मत प्राप्त गर्नुपर्ने व्यवस्था भए पनि मण्डलले आवश्यक मत ल्याउन सकेनन्।

यस निर्वाचनमा सो क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० की उम्मेदवार आशा झा ३० हजार ४३४ मत प्राप्त गर्दै विजयी भएकी छन्। उनी चापाकल चुनाव चिन्ह लिएर चुनावमा उठेका थिए । उनलाई प्रतिस्पर्धीको रुपमा हेरिएपनि छैटौ भएका छन् ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka