चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन क्षेत्र नम्बर–२ बाट तेस्रोपटक प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन्।
लामिछानेले ५४ हजार ४०२ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी मिना खरेलले १४ हजार ५६४ मत प्राप्त गरिन्। यससँगै लामिछानेले खरेललाई ३९ हजार ४६८ मतान्तरले पराजित गरेका छन्।
बिज्ञापन
त्यसैगरी नेकपा एमालेका अस्मिन घिमिरेले ६ हजार ९९२ मत प्राप्त गर्दा नेपाली कम्युनिष्ट पार्टीका प्रताप गुरुङले ४ हजार ९६९ मत ल्याएका छन्। यस निर्वाचन क्षेत्रमा कुल ८७ हजार २८ सदर मत खसेको छ भने २ हजार ७९६ मत बदर भएको थियो।