Premier Cables
Premier Steel

राजनीति

रास्वपा सभापति लामिछाने आज भारत भ्रमणमा जाँदै

नोट: यो समाचार १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, जेठ १८, २०८३  | बिहान ७:२३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज भारत भ्रमणमा प्रस्थान गर्दैछन्।

रास्वपाका अनुसार लामिछाने भारतीय जनता पार्टी (भाजपा)को औपचारिक निमन्त्रणामा भारत जान लागेका हुन्। भ्रमणका क्रममा उनले विभिन्न राजनीतिक भेटघाट गर्नुका साथै भारतमा रहेका नेपाली समुदायसँग पनि संवाद गर्ने कार्यक्रम रहेको छ।

बिज्ञापन

लामिछानेसँगै उनकी पत्नी निकिता पौडेल, रास्वपाका सहमहामन्त्री विपिन आचार्य, विदेश विभाग प्रमुख दीपक बोहोरा तथा प्रदीप आचार्य पनि भारत भ्रमणमा सहभागी हुनेछन्।

भाजपाले लामिछानेको यस भ्रमणले दुई पार्टीबीचको सम्बन्धलाई अझ सौहार्दपूर्ण र सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa